ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

कोरिया नेपाल बहु प्राविधिक शिक्षालय: जहाँ जीवन बदल्नेहरू भेटिन्छन्

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

बुटवल, ०६ भदौ । 

६ वर्ष भन्दा धेरै समय सरकारी सेवामा खर्चेका बैजनाथ गाउँपालिका–५ का ३२ वर्षीय दयाराम चौधरी छँदाखाँदाको सरकारी जागिर छोडेर अहिले बुटवलको तामनगरमा अवस्थित कोरिया नेपाल बहु प्राविधिक शिक्षालयमा वेल्डिड्डको तालिम लिँदै छन् ।

सीमित आय हुने बिहान १० देखि साँझ ५ बजेसम्मको कर्मकाण्डी जागिर गर्नु भन्दा सीप सिकेर सके आफै उद्यमी बन्ने नसके त्यही सीपको प्रयोग गरेर रोजगार हुने र सुन्दर भविष्य सजाउने सपना बोकेर शिक्षालयमा आएको उनी बताउँछन् ।

स्नातक तहको साधारण शिक्षा उत्तीर्ण गरिसकेका तार्केश्वर गाउँपालिका–२ नुवाकोटका २२ वर्षीय सलिन आले मगरले आकर्षक कमाई र सुरक्षित भविष्यको खोजीमा वैदेशिक रोजगारीमा जाने मन बनाएका छन् ।

अरू तमाम नेपाली युवालाई जस्तै उनलाई पनि तुलनात्मक रूपमा सुरक्षित काम गरेर धेरै कमाई हुने देश दक्षिण कोरिया जान मन छ । नेपालको श्रम बजारमा सबै भन्दा धेरै माग भएको पेसा वेल्डरको दक्षिण कोरियामा पनि उत्तिकै सम्भावना छ भन्ने थाहा पाएर उनी पनि शिक्षालयमा वेल्डिड्ड सिकिरहेका छन् ।

बुटवलको तामनगरमा रहेको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयमा सुन्दर भविष्यको आशामा सीप सिकिरहेका युवाका प्रतिनिधि पात्र हुन् । २०६८ सालमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) को सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत स्थापना भएको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले हालसम्म देशका  विभिन्न कुनाका चौधरी र मगर जस्ता हजारौँ युवाको जीवन परिवर्तन गरिरहेको छ ।

महेन्न्द्रराजमार्गबाट उत्तरतर्फ चारपाला सामुदायिक वनको करिब १० बिगाहा जमिन मा फैलिएको बन्जर जमिनमा उम्रिएको देशकै नमुना प्राविधिक शिक्षालयको उद्देश्य थियो— नेपालका युवाहरूलाई आत्मनिर्भर बनाउन अथवा रोजगारीको लायक बनाउन व्यवहारिक सीपमूलक शिक्षामार्फत सक्षम बनाउने रहेको छ ।

कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले सुरु देखिनै दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिँदै आएको छ । यहाँ अटो मोबाइल, इलेकट्रिकल एन्ड इलेकट्रोनिक्स, सूचना प्रविधि, मेकानिकल र रेफ्रिजेरेसन एन्ड एअर कण्डिसनिङ विषयमा ३९० घण्टाका तालिमदेखि ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरू सम्मको प्रशिक्षण गरिने शिक्षालय प्रमुख नवीन किशोर गैरे बताउँछन् ।

यी कार्यक्रमहरू केवल सैद्धान्तिक ज्ञानमा सीमित छैनन् । प्रत्येक विषयमा प्रयोगात्मक सिकाइ, उद्योगमा अवलोकन भ्रमण, इन्टर्नसिप तथा परियोजनामार्फत व्यवहारिक अनुभूति प्रदान गरिन्छ । आजसम्म १८०० जना भन्दा बढी विद्यार्थीहरू यस शिक्षालयमा भर्ना भइसकेका छन् ।

तीमध्ये १००० जना भन्दा बढी विद्यार्थीहरू दक्ष जनशक्ति बनेर अध्ययन पुरा गरिसकेका छन् । अझ गर्वको कुरा त के छ भने, यहाँ अध्ययन गरेका ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू नेपाल भित्रै सरकारी सेवा, निजी क्षेत्र तथा स्व–रोजगारीमा सक्रिय छन् ।

धेरै विद्यार्थीहरू विदेशका प्रतिष्ठित कम्पनीहरूमा पनि कार्यरत छन्, जहाँ उनीहरूले नेपाली सीपको पहिचान फैलाइरहेका छन् । जस्तै: मेकानिकल इन्जिनियरिङमा अध्ययन गरेका दिनेश बस्याल र रमेस बेल्बासे अहिले दक्षिण कोरियाको पानीजहाज उत्पादन कारखानाको हिस्सा बनेका छन् ।

उनीहरू भन्छन्, “शिक्षालयमा सिकेको व्यवहारिक ज्ञान र मेसिनसँगको नजिकको सम्बन्धले नै हामीलाई यो स्थानमा ल्याएको हो ।” अर्का इलेकट्रिकल एन्ड इलेकट्रोनिक्स ईञ्जिनियरिड्ड अध्ययन गरेका पूर्व विद्यार्थी सुजन पौडेललाई काईचो ग्रुप नामको संस्था मार्फत गरेर सेनेटरी प्याड दिने र जलाउने मेशिनको उत्पादन र बिक्रि बितरण गर्दै आएका छन् ।

शिक्षालयमा सिकेको सीपको माध्यमले नै यो काम गर्न सकेको र अहिले भारत लगायत दक्षिण एसियाका अन्य देशमा समेत आफ्ना उत्पादन निर्यात गरिरहेको पौडेलले बताउँछन् । शिक्षालय केवल शिक्षालय मात्र होइन, यसले स्थानीय समुदायसँग पनि गहिरो सम्बन्ध कायम गर्दै आएको छ । बुटवल क्षेत्रका धेरै युवाहरूको लागि यो संस्था सम्भावनाको ढोका भएको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति, निःशुल्क तालिम, काउन्सिलिङ, र रोजगारी सल्लाह सेवा प्रदान गर्दछ ।
यसले शिक्षा र सीप दुवैको पहुँचलाई व्यापक बनाएको छ । साथै, महिलाहरूको सहभागिता पनि उल्लेखनीय बन्दै गएको छ ।

सूचना प्रविधि र इलेकट्रोनिक्स क्षेत्रमा महिला विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ, जसले लैङ्गिक समानताको सन्देश पनि दिन्छ ।
शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलताको विकास गराउँदै शिक्षालय परिसरमै कामको संसार चिनाउने उद्देश्यले विद्यार्थीलाई समाजमा आवश्यक विभिन्न वस्तु र सेवाको उत्पादन गर्न प्रेरित गरिन्छ ।

त्यसरी उत्पादन भएका धेरै वस्तु र सेवाहरू लाखौँको मूल्यमा स्थानीय समुदायले खरिद पनि गरिदिएका छन् । कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले गुणस्तरीय शिक्षालाई सधैँ पहिलो प्राथमिकता दिएको छ ।

कोरियन शैलीको सिकाइ पद्धति, आधुनिक प्रयोगशाला उपकरणहरू, दक्ष प्रशिक्षकहरू र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पाठ्यक्रम यस संस्थाको विशेषता रहेको शिक्षालय प्रमुख नवीन किशोर गैरे बताउँछन् ।

शिक्षालयको भौतिक पूर्वाधार, सूचना सञ्चार प्रविधिमा आधारित कक्षा कोठा, इन्टरनेट सुविधासहितको कम्प्युटर ल्याब, ह्यान्ड्स–आन ट्रेनिङका लागि विशेष प्रयोगशालाहरूले विद्यार्थीहरूलाई पेसागत दक्षता हासिल गर्न मद्दत पु¥याइरहेका छन् ।

अब शिक्षालय केवल यथास्थितिमा सन्तुष्ट छैन । भविष्यमा कलेज टु कम्पनी हुने गरी रोजगारी र वैदेशिक रोजगारी सुनिश्चित हुने कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ। साथै, नेपाली युवाहरूलाई विश्व बजारमा अझ प्रतिस्पर्धी बनाउने विश्वासका साथ उद्यमशीलता विकास, स्टार्टअप इनक्युबेसन र अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेसन तालिम पनि सञ्चालन गरिने सोच बनाइएको छ ।

कोरिया नेपाल बहु प्राविधिक शिक्षालय, बुटवलले केवल शिक्षण संस्था भएर मात्र होइन, एक परिवर्तनकारी अभियानको रूपमा काम गरिरहेको छ । प्राविधिक शिक्षाको माध्यमबाट युवाहरूलाई सक्षम बनाउने, देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा पनि नेपाली सीपको पहिचान दिलाउने कार्यमा यो शिक्षालय अग्रसर छ ।

शिक्षालय प्रमुख नवीन किशोर गैरे भन्छन्–‘आज, जब हामी प्राविधिक शिक्षाको महत्त्वको कुरा गर्छौं, तब प्ल्एक्ष् जस्ता संस्थाहरूको भूमिका झनै  महत्त्वपूर्ण देखिन्छ । हरेक वर्ष यहाँबाट उत्पादन हुने दक्ष जनशक्तिले केवल आफ्नो परिवारको भविष्य होइन, सम्पूर्ण राष्ट्रको भविष्य निर्माण गरिरहेका छन् ।’

उनी थप्छन्–‘कोरिया नेपाल बहु प्राविधिक शिक्षालय एउटा सम्भावना हो—जसले हजारौँ युवाको जीवनमा उज्यालो देखाएको छ । यो केवल एउटा शिक्षालय होइन, सीप, श्रम र सफलताको साझा केन्द्र हो । भविष्यमा पनि यस्तै समर्पण र लगनका साथ अघि बढोस्, ताकि अझ धेरै युवाहरूको सपना साकार होस् ।’

शिक्षालयमा डिप्लोमा तह सम्म हालसम्म विभिन्न सङ्कायमा गरी कुल ६ सय ७८ जनाले आफ्नो शिक्षा पुरा गरेका छन् । शिक्षालयले छोटो अवधिको समेत तालिम र शिक्षा प्रदान गर्दै आएको छ । प्रत्येक वर्ष शिक्षालयमा छोटो अवधिका लागि २ सय ४० देखि ३०० सम्म विद्यार्थीले तालिम लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?