Butwal Today

रेसुङ्गाको भेटी २६ लाख २५ हजार सङ्कलन

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

गुल्मी, ५ भदौ ।

रेसुङ्गामा चलेको एक महिने साउने मेलाबाट २६ लाख २५ हजार ८७३ रुपैयाँ सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार रेसुङ्गा क्षेत्रमा साउन महिनाभर चलेको मेलाबाट उक्त रकम सङ्कलन भएको हो ।

नगदी रसिदबाट ६ लाख ६८ हजार ६५३, दैनिक मन्दिर र दान पात्रबाट भेटी ५ लाख ४६ हजार ५३५, टावरको भेटीबाट २० हजार,भजन प्रतियोगिता प्रायोजकबाट १ लाख,तीज गीत प्रतियोगिताको प्रायोजकबाट १ लाख १८ हजार ५०० र अलौकिक शिविरबाट ११ लाख ७२ हजार १८५ रुपैयाँ सङ्कलन भएको हो ।

१२ लाख ६५ हजार ६३९ रुपैयाँ बचत

समितिका कोषाध्यक्ष नेत्र बस्नेतका अनुसार एक महिने साउने मेलाबाट १२ लाख ६५ हजार ६३९ रुपैयाँ बचत भएको छ । कुल सङ्कलन भएको रकमबाट १३ लाख ६० हजार २३४ रुपैयाँ खर्च कटाएर उक्त रकम बचत भएको हो ।

बचत रहेको रकम रेसुङ्गा क्षेत्रको विकासका लागि लगाइने बस्नेतले बताए ।  समितिले साउन महिनाभरको सङ्कलित रकमको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।