© 2026
बुटवल, ३ भदौ ।
विश्वशान्ति अध्यात्म विज्ञान समाज नेपाल अन्तरगतको राधाकृष्ण योग साधना केन्द्रको दोस्रो साधारण सभा तथा अधिवेशनबाट बिन्दिया थैवको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । सोमबार सम्पन्न अधिवेसनबाट उपाध्यक्ष सरस्वती श्रेष्ठ, सचिव चेतबहादुर सिजाली, कोषाध्यक्ष सीता सैजु, सहसचिव स्वागत श्रेष्ठ, सहकोषाध्यक्ष बिनु लाकौल तथा सदस्यहरूमा देवकुमारी कुवर, मनु हमाल निर्विरोध निर्वाचित भएका छन ।
कार्यक्रममा एक समारोहका बिच बुटवल उपमहानगरपालिका उपमेयर सावित्रादेवि अर्यालले उद्घाटन गर्दै समाजमा योगसाधनामार्फत स्वस्थ्य जागरण बढेको बताईन । मानिसहरु आफनो स्वस्थ्यप्रति सचेत बन्दै जानु सकारात्मक भएको भन्दै यस्ता अभियानमा यहाका सामाजिक संघसंस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताईन ।
कार्यक्रममा विश्वशान्ति अध्यात्म विज्ञान समाज नेपालका लुम्बिनी प्रदेश अध्यक्ष तथा योग प्रशिक्षक अमुल्यमान थैवले योग साधनाको फाईदाबारे प्रकाश पार्दै विगत लामोसमयदेखि अभ्यासबाट भएको उपलब्धिहरुबारे बताए । निरोगी बन्न समेत सहयोग मिलेको उनले बताए ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, विश्वशान्ति अध्यात्म विज्ञान समाज नेपालका केन्द्रिय सदस्य अर्जुन ज्ञवाली, सदस्य कुमार तामाङ्ग, सदस्य तारालक्ष्मी लाकौल, मानव धर्म सेवा समिति बुटवल आश्रमका अध्यक्ष चोपनारायण बन्जाडेले योग अभ्यासको चर्चा र खानपिन, ब्रत उपबासबारे पनि ब्याख्या गर्दै अहिलेको परिवेशमा योगसाधनाको महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा नियमित योग गर्ने जेष्ठ नागरिक ८१ वर्षिय सीतादेवि श्रेष्ठ, सहयोगी सीता सैजुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष कमला मल्लले बताईन । राधाकृष्ण मन्दिर परिसरमा बिहान हुने नियमित योग साधनमा ५० जनामा सहभागी हुदैआएका छन ।