ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

गौरवको योजना बडकापथ नहर १२ वर्षमा मात्रै ८ किलोमिटर 

३ भाद्र २०८२, मंगलवार
३ भाद्र २०८२, मंगलवार

लमही, ०३ भदौ ।

दाङको देउखुरीमा राप्ती नदी दक्षिण भागमा गढवा गाउँपालिकाबाट राजपुर गाउँपालिकाको सिमानासम्म सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ सुरु भएको बड्कापथ सिँचाइ आयोजनाको वनघुर्सी आउटलेटबाट पानी छोडिएको छ ।

मुहानबाट वनघुर्सीसम्मको ८.२ किलोमिटर मूल नहर र शाखा नहर निर्माण पूरा भएपछि पानी छाडेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएकाले वनघुर्सी आउटलेटबाट किसानलाई पानी दिन सुरु गरिएको हो ।

स्थानीय किसानले यसपालि त्यही पानीबाट सिँचाइ गरेर मकै, धान सिँचाइ गर्न थालेका छन् । मूल नहर निर्माणका लागि किसानले जग्गा समेत दिएका थिए । त्यसको बदलामा उनीहरूले राप्ती नदी बगरको उकास जग्गा उपभोग गर्न पाएका छन् ।

सिँचाइ सुविधा भएपछि किसानहरू आ–आफ्ना भागको उकास जग्गा खेतीका लागि मिलाउने काममा लागेका छन् । आयोजनाको मुहान भालुवाङ बजार क्षेत्रस्थित राप्ती नदीको पुलमा छ । मुहानबाट गढवा गाउँपालिका–१, वनघुर्सीसम्म करिब ८.२ दुई किलोमिटर लामो मूल नहर छ ।

यो आयोजना सुरु भएपछि वनघुर्सीसम्मको मूल नहर र शाखा नहर निर्माण कार्य १२ वर्षमा सम्पन्न भएको हो । बड्कापथ सिँचाइ आयोजना आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको थियो । आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छत्कुलीका अनुसार सिँचाइ सुविधा भएपछि वनघुस्री र कुलपानी क्षेत्रका किसान उत्साहित भएका छन् ।

आयोजनाबाट गढवा र राजपुर गरि ८० हेक्टर जमिनमा बाह्रमास सिँचाइ सुविधा हुनेछ । अन्य दुइटा गाउँका आउटलेटमा आगामी असारसम्म पानी छाड्ने तयारीका साथ काम भइरहेको प्रमिक छत्कुलीले बताए ।

यो खण्डको करिब ५० मिटर मूल नहरमा अन्तिम काम बाँकी छ । यस अन्तर्गत शाखा र उपशाखा नहर निर्माणको काम पूरा भइसकेको छ । वनघुर्सीबाट सिक्रहवा खोलासम्मको निर्माण काम पनि धमाधम भइरहेको उनले बताए ।

यो खण्ड पूरा भएपछि मूल नहरको लम्बाइ करिब साढे १४ किलोमिटर हुनेछ । यो खण्डबाट पनि आगामी असारभरिमा किसानलाई पानी दिने लक्ष्य रहेको छल्कुलीले बताए । नहर निर्माणको क्षेत्रमा करिब साढे चार हजार रूख हटाउनु पर्दा काम ढिलो भएको बड्कापथ सिँचाइ आयोजना मुलसमितिका अध्यक्ष राजु चौधरीले बताए ।

सो नहले अन्तर्गत गढवाबाट राजपुर गाउँपालिकाको सिमानासम्म कुल चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ कुल ३० किलोमिटर मूल नहर निर्माण गर्ने योजना छ । बाँकी निर्माण काम आगामी आर्थिक वर्ष २०८२/०८३ मा सुरु हुने आयोजना प्रमुख छत्कुलीले बताए । बड्कापथ सिँचाइ आयोजनाको नहर निर्माण कार्यमा हालसम्म साढे एक अर्ब रुपैयाँ खर्च भएको छ । आयोजना सम्पन्न गर्न तीन अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो ।

रूख कटानी र जग्गाको भोगाधिकार समेतको खर्चका कारण आयोजना पूरा हुँदा चार अर्ब नौ करोड रुपैयाँ खर्च हुने अनुमान छ आयोजनाका साइड इन्जिनियर रामपुकार साहले बताए । आगामी साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नहर निर्माणको काम भइरहेको छ,’ उनले भने ।

आयोजना सम्पन्न भएपछि स्थानीय किसानको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनका अनुसार पहिला मुख्य समस्या रूख कटानको थियो । अहिले नहर निर्माण क्षेत्रमा पर्ने सबै रूख लगभग हटाइसकिएको छ । अब धमाधम काम हुनेछ ।

थारू समुदायका स्थानीय किसानहरूले परम्परागत रूपमा विकास गरेको सिँचाइ प्रणाली व्यवस्थित गर्न सरकारले बड्कापथ आयोजनाको अघि बढाएको थियो । थारू भाषामा ‘बड्का’ भनेको ‘ठुलो’ हो । विगतमा उनीहरू माटो र स्याउलाको मद्दतले नदीमा अस्थायी बाँध बनाएर कुलोबाट खेतबारीमा पानी पु¥याउँथे ।

बड्कापथ सिँचाइ आयोजना अन्तर्गत सिंगो देउखुरी उपत्यकामा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सतह सिँचाइ आयोजनाको अवधारणा अनुरूप पनि काम भइरहेको आयोजना प्रमुख छत्कुलीले बताए । यो कामको सुरुआत राप्ती नदीवारिको लमही नगरपालिका–९, सतबरिया क्षेत्रबाट भएको छ ।

गढगा गाउँपालिका क्षेत्रमा ‘दंगाली छाप’ प्रणाली अनुरूप सिँचाइ आयोजना अगाडि बढाइने भएको छ । ‘दंगाली छाप’ स्थानीय किसानले विकास गरेको पुरानो सिँचाइ प्रणाली हो । दाङको देउखुरी उपत्यकामा चार वटा स्थानीय तह छन् ।

बड्कापथ सिँचाइ आयोजनाले राप्ती नदीपारिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँछ । राप्ती नदीवारिका राप्ती गाउँपालिका र लमही नगरपालिकाको ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पु¥याउन प्रगन्ना सिँचाइ आयोजना पहिले नै पूरा भएको थियो ।

थारू समुदायले परम्परागत रूपमा चलाएको प्रगन्ना सिँचाइ कुलो नै प्रगन्ना सिँचाइ आयोजनाका रूपमा विकास गरिएको थियो । प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय, लमहीका प्रमुख ईश्वरनाथ पक्वाँका अनुसार यो कार्यालयले आयोजनाको मर्मत सम्भारको काम गर्छ ।

यो आयोजनामा राप्ती नदीको भालुवाङ पुलमुनिबाट चार वटा मूल नहर निर्माण गरिएका छन् । चार वटा नहरको कुल लम्बाइ ५१ किलोमिटर छ ।’ तिनका शाखा र प्रशाखा समेत गरी कम्तीमा सय किलोमिटर नहर सञ्जाल विस्तार भएको छ,’ पक्वाँले भने । प्रगन्ना सिँचाइ आयोजनाको सुविधा पुगेको अधिकांश भूमि मकै उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?