Butwal Today

मेरो दिन आएपछि बदमासी गर्ने कोही भाग्न पाउने छैन : दुर्गा प्रसाईँ

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ

चिकित्सा व्यवसायी दुर्गा प्रसाईँले आफूलाई बदमासीको सिकार बनाइएको आरोप लगाउँदै आगामी दिनमा दोषी कोही पनि उम्कन नपाउने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले हाल आफ्नो दिन नआएको  भन्दै ७८ दिन हिरासतमा बसेको प्रसङ्ग स्मरण गरे ।

मलाई नेपाल चाहिएको छ, नेपाली नागरिक चाहिएको छ,  उनले भने, “ मलाई किन्न खोजियो, तर म नभागेपछि इन्काउन्टरमा मारिने योजना थियो ।  दलालहरूका लागि यो देशमा बाँच्न सजिलो रहेछ ।  म भने भाग्दिनँ भनेको थिएँ । ”

प्रसाईँले आफूले जेल जीवन भोगिसकेको उल्लेख गर्दै थपे, “ मैले नेपालको जेल सबै देखिसकेको छु । मेरो दिन आएपछि तिमीहरू भाग्न पाउने छैनौ । एक दिन सर्वहाराहरूको, भुइँमान्छेको दिन आउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?