ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

मितेरी सहकारी ठगी प्रकरण : धनराज गुरुङकी पूर्वपत्नी ज्योतिको मुख्य संलग्नता

१ भाद्र २०८२, आइतबार
१ भाद्र २०८२, आइतबार

काठमाडौँ ।

ललितपुरको महालक्ष्मिस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ नै मुख्य संलग्न रहेको तथ्य उजागर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले आइतबार ललितपुर जिल्ला अदालतमा ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

१७ करोड बढी ठगीको आरोप

प्रतिवादीहरूमाथि ठगी, लिखत सम्बन्धी कसुर, अभौतिक मुद्रा ऐन, नेपाल राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ। उनीहरूले सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी अपचलन गरेको र कम्बोडियाबाट पार्सलमार्फत रकम पठाउने नाममा थप ठगी गरेर जम्मा १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी बिगो कायम भएको अभियोग छ।

यस प्रकरणमा बर्दियाका ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका सुवास खत्री पक्राउ परेका छन्। भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
तर, मुख्य आरोपी ज्योति गुरुङ हाल फरार छिन्। अन्य फरारमध्ये सहकारी अध्यक्ष कुम्भराज गुरुङ, खोटाङका विजयकुमार राई, बाग्लुङका प्रितम अधिकारी, र सिन्धुपाल्चोकका अर्जुन आरम रहेका छन्।

ज्योति गुरुङको भूमिका

ज्योति गुरुङ सहकारीमा २०५७ सालमा सहायक कर्मचारीका रूपमा प्रवेश गरेर २०७५ मा महाप्रबन्धकसम्म बनेकी थिइन्। सहकारीको सम्पूर्ण वित्तीय कारोबारमा उनको प्रत्यक्ष अधिकार थियो। अनुसन्धानमा उनीमाथि :

  • बचतकर्ताले जम्मा गरेको रकम व्यक्तिगत प्रयोजनमा दुरुपयोग गर्ने,

  • मुद्दती बचत कार्ड बनाएर रकम सिस्टममा अद्यावधिक नगरी आफैं चलाउने,

  • ऋण लिन आउन दिने, तर फिर्ता रकम पनि सिस्टममा नदेखाई आफैं प्रयोग गर्ने,
    जस्ता काममा संलग्न रहेको प्रमाण फेला परेको छ।

सहकारीका अध्यक्ष, सचिव, सदस्य र कर्मचारीहरूले पनि बयान दिँदै ज्योतिले बचतकर्ता र ऋणीहरूलाई आफ्नै कार्यकक्षमा भेटी कार्ड जारी गर्ने र रकम आफैं बुझ्ने गरेको बताएका छन्।

अनुसन्धानमा ज्योति गुरुङले अपचलन गरेको रकम हुन्डीमार्फत थाइल्यान्ड, सिंगापुरलगायत देशमा पठाउने गरेको खुलेको छ। यस कार्यमा भरत गुरुङ, सुरेश अधिकारी, सुवास कार्की, राकेश नामका भारतीय नागरिक र मामा भन्ने व्यक्तिहरू संलग्न रहेको उल्लेख छ।
त्यसैगरी, ज्योतिबहादुर भण्डारीको कीर्ते राहदानी समेत ज्योतिले बनाइदिएको प्रमाण फेला परेको छ।

क्रिप्टो र हुण्डी कारोबार

धादिङका सुवास खत्री र अर्जुन आरमलाई हुन्डी कारोबारमा समेत प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी हुण्डी कारोबार गरेको अभियोग छ। खत्रीमाथि करिब ३ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको आरोप पनि लगाइएको छ।

अनुसन्धान प्रतिवेदनअनुसार, ज्योतिले आफ्नै परिवार र नजिकका आफन्तलाई समेत झुक्याएकी थिइन्। आफ्नी सानी आमा कमला गुरुङको रकम समेत अपचलन गरी, “थाइल्यान्डमा व्यवसायमा लगानी गरेको छु” भनेर ढाँटेको तथ्य बाहिर आएको छ। उनले भण्डारीसँग थाइल्यान्डमा साझेदारीमा सिपिङ कम्पनी संचालन गर्ने नाममा रकम पठाएको पनि देखिएको छ।

भण्डारीले बयानमा भनेका छन्, “ज्योतिले सहकारीको रकम हुन्डीमार्फत पठाउने गर्थिन्, लगानी क्रिप्टोमा डुब्यो भनेर मलाई भनेकी थिइन्।”
त्यस्तै, सुरेश अधिकारीले पनि “ज्योतिले भण्डारीलाई ९ करोडभन्दा बढी रकम पठाइसकेकी तर कहिले फिर्ता हुने भन्ने तनावमा रहेको” बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?