ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अष्टिम्की पर्वको रौनकः थारु गाउँमा उल्लास

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

बर्दिया, ३१ साउन ।

थारु समुदायले आज श्री कृष्ण जन्माष्टमी थालेका छन् । थारु समुदायको सांस्कृतिक जीवनको एउटा अनुपम पहिचान, महिलाहरूको आध्यात्मिक आस्था र रचनात्मक कलासँग जोडिएको विशेष पर्व (अष्टिम्की) हो । अस्टिमकी मनाउनको लागि गाउँ गाउँमा तयारी भैरहेको छ ।

थारु गाउँहरूमा करिब एक साता पहिले नै यसको उत्साहले बजारदेखि घर–आँगनसम्म रङ्गिन माहौल सिर्जना गरिदिएको छ । यस वर्षको अस्टिम्की साउन ३१ गते (कृष्ण जन्माष्टमी) को दिन परेको छ । हरेक वर्षजस्तै यसपटक पनि थारु समुदायका महिलाहरू दुई दिनसम्म उल्लासमय र भव्य रूपमा यो पर्व मनाउन तयारीमा जुटेका छन् । पछिल्ला केही समय यता युवाहरूमा पनि मौलिक चित्र बनाउने तर्फ आकर्षित हुँदै गएका छन् ।

बाँस गढी नगरपालिका वडा नम्बर–५ मोतीपुर गाउँकी सीता चौधरी भन्छिन्, ‘अस्टिम्की हाम्रो संस्कृति र आस्थाको जड हो । अहिले घर–आँगन सफा गर्ने, लिपपोत गर्ने, पूजामा चाहिने सामग्री जुटाउने र नयाँ लुगा सिलाउने काम धमाधम भइरहेको छ ।’ हामीले  अष्टमी पर्वका लागि आज साँझसम्म सबै तयारी गरेर सकाउने र भोली बर्त बसेर भगवान् श्री कृष्णको पूजा गर्ने चलन छ ।

अस्टिम्कीको मूल जड भगवान् श्रीकृष्णको जन्मसँग जोडिएको छ । थारु समुदायमा यो पर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई (सामूहिक सांस्कृतिक प्रदर्शन र कलात्मक अभिव्यक्ति) को अवसरका रूपमा लिइन्छ । पुस्तौँदेखि थारु बस्तीहरूमा अस्टिम्कीको अवसरमा महिलाहरूले ‘कान्हा’ को (जीवन–चित्र) भित्तामा कोर्ने परम्परा जीवित छ । यस भित्तेचित्रले कृष्ण भगवानको बाल्यकालदेखि महाभारतको युद्धसम्मका कथाहरूलाई चित्रात्मक रूपमा प्रस्तुत गरेका छन् ।

बढैयाताल गाउँपालिका वडा नम्बर ५ का युवा समाजसेवी राकेश चौधरीले भन्छन्, ‘अस्टिम्की नजिकिँदै गर्दा थारु गाउँमा तीन प्रकारका तयारी देखिन्छ । घर–आँगनको सरसफाइ र लिपपोत, पूजामा प्रयोग हुने सामग्रीको जोहो भित्ते चित्र बनाउन चाहिने सामाग्रीको तयारी गर्ने गरेको छन् ।’ घरहरूमा गोबर, माटो र पानीको मिश्रणले भित्तो र आँगन लिप्ने काम भइरहेको छ । पात टिप्ने, दुना–टपरी बनाउने, आँप, केरा, नरिवल, सुपारी, धूप, कपास, कपडा, फूलजस्ता पूजाका सामान किन्ने चहलपहल बजारमा बढेको छ ।

अस्टिम्कीको पहिलो दिन बिहानैदेखि महिलाहरू (निराहार व्रत) बस्छन् । दिनभर केही नखाई, केवल पूजा तयारीमा लाग्ने यो अनुशासनलाई आस्थाको आधार मानिन्छ ।
गुलरिया नगरपालिका वडा नम्बर १२ की ६५ वर्षीया बद्री थारू भन्छिन्, ‘यो व्रत केवल पेटको लागि होइन, मन र आत्माको शुद्धीकरणका लागि हो । व्रत बसेपछि हामीलाई भित्ते चित्र बनाउनको लागि अझै बढी एकाग्रता मिल्छ ।’

अस्टिम्कीको सांस्कृतिक केन्द्रबिन्दु भनेको (टाँवा) भनिने घरको बैठक कोठाको उत्तर–पूर्व भागमा बनाइने चित्र हो । चित्र निर्माण प्रक्रियाका लागि भूमि र भित्तो तयार पान गोबर, माटो र पानीले लिपेर सुकाउने, चुनाले रङ गन शुद्ध सेतो पृष्ठभूमि तयार गर्ने र त्यसपछि चित्र कोर्ने चलन छ ।

चित्र बनाउँदा बीचमा श्रीकृष्ण भगवानको चित्र बनाउने र दायाँमा सूर्य बायाँमा चन्द्रमा दोस्रो पंक्तिमा पाँच पाण्डव र सात कौरव र त्यपछि तलको भागमा दुलाहा–दुलही, डोली, ड्वाला, माछा, गंगुता, बाघ, हात्ती, मयुर, सर्प, गाई, चराचुरुंगी आदि बनाएको हुन्छ । चित्रहरूमा प्रत्येक पात्रको कथा र महत्त्व हुन्छ । उदाहरणका लागि, हात्ती बल र शानको प्रतीक हो भने माछा जलजीवन र समृद्धिको संकेत हो ।

भित्ते चित्र पूरा भएपछि बेलुकाको समय -गाउँभरिका महिलाहरू नजिकैको खोलामा सामूहिक स्नान गर्न जाने प्रचलन छ । यसलाई शुद्धीकरण र एकताको प्रतीक मानिन्छ । स्नानपछि महिलाहरू रङीन लुगा लगाएर, गहना भिरेर घर फर्कन्छन् र पूजा सम्पन्न गर्छन् । त्यसपछि अस्टिम्कीको रातमा (टीका, फलफूल, अर्पण, दीप प्रज्वलन र जल अर्पण) गर्दै भगवान् श्रीकृष्णलाई पूजा गरिन्छ । दीपको पङ्क्तिले घर–आँगन झिलिमिली हुन्छ ।

अर्को दिन व्रत तोड्ने बेलामा सामूहिक भोजको आयोजना हुन्छ । गाउँका सबै महिला र बालबालिकाले यो भोजमा सहभागी हुन्छन् । खाना प्रायः (धानको भात, तरकारी, माछा, दही र मिठाइ) हुन्छ । पछिल्ला वर्षहरूमा अस्टिम्की पर्वमा केही परिवर्तन देखिन थालेका छन् । रङ्गिन पेन्ट र पोस्टरको प्रयोग पुरानो प्राकृतिक रंगको सट्टा बजारमा पाइने कलर पेन्ट प्रयोग बढेको छ ।

फोटोग्राफी र भिडियो युवा पुस्ताले भित्ते चित्र र पूजालाई मोबाइलमा खिचेर सामाजिक सञ्जालमा राख्ने चलन बढेको छ । सहरीकरणको असर सहरमा बसोबास गर्ने थारु परिवारले अस्टिम्की मनाउन गाउँ फर्किने परम्परा अझै जीवित छ तर केहीले मात्र घरमै छोटकरी स्वरूपमा गर्छन् ।

अस्टिम्की केवल धार्मिक पर्व मात्र होइन, थारु महिलाको (सांस्कृतिक पहिचान र कलात्मक कौशल) को परिचायक हो । यो पर्वले महिलाहरूको नेतृत्व, सङ्गठन क्षमता र सामाजिक एकतालाई प्रकट गर्छ । सांस्कृतिक अनुसन्धानकर्ता कमल चौधरी भन्छन्, ‘अस्टिम्कीमा हुने भित्ते चित्र केवल कला होइन, मौखिक इतिहासको दृश्य अभिलेख हो ।

यसको संरक्षणका लागि स्थानीय तह र सांस्कृतिक निकायले तालिम, प्रदर्शनी र दस्तावेजीकरण गर्न जरुरी छ ।’ अस्टिम्की थारु समुदायको जीवित संस्कृति हो जसले धर्म, कला र सामाजिक एकतालाई एउटै मञ्चमा ल्याउँछ । आज महिलाहरूको गाउँमा देखिएको रौनकले यो वर्ष पनि अस्टिम्की महिलाहरूको उल्लास, रचनात्मकता र आस्थाको रङ्गिन पर्व बन्ने निश्चित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?