© २०२३
काठमाडौँ ।
टप इन्ड टी–२० सिरिजअन्तर्गत नर्दन टेरिटोरी स्ट्राइकर्सले नेपालविरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि नर्दन टेरिटोरीले ब्याटिङ थालेको थियो । नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए । उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीप लामिछानेले उनलाई बोल्ड गरे ।
अर्का ओपनर ज्याकव डिकमानलाई ११ रनमा रुपेश सिंहले क्याचआउट गराएका थिए । त्यसपछि कोनर क्यारोलले १८, जोर्डन सिल्कले १९, थोमस एन्ड्र्यूजले ३२ र क्याडेल म्याकमोहनले १२ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने साहव आलमले २ विकेट हात पारे । रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक-एक विकेट लिए ।