© २०२३
बुटवल, २९ साउन ।
देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले बिहीबार कृष्ण जन्माष्टमी पर्व विशेष कार्यक्रमसहित मनाएको छ । विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन र संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययरत प्रि–प्राइमरीका बालबालिकालाई सुनवलस्थित श्रीकृष्ण मन्दिर भ्रमण तथा पूर्व–प्राथमिकका विद्यार्थीले कृष्णसम्बन्धी वक्तृत्व कला कार्यक्रममा प्रस्तुत भएको अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए । मन्दिर भ्रमणसंगै विद्यार्थीहरुले घैटोफोर खेलमा समेत भाग लिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैरेले वर्तमान समयमा बालबालिकामा संस्कार र संस्कृति भुल्दै गएको बेला विद्यालयबाट वर्षभरि नै संस्कार र संस्कृतिसँग जोडेर कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा प्रि–प्राइमरीदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए । यसै अवसरमा विद्यालयको आईटी क्लबले आईटी प्रोग्रामिङ प्रतियोगिताको पहिलो राउण्ड आयोजना गरेको छ । तेस्रो राउण्डसम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १,५००, द्वितीयलाई रु १,००० र तृतीयलाई रु ५०० पुरस्कार प्रदान गरिने उनले बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक वेद सूर्यवंशी र रोशी गुरुङले सामाजिक र संस्कृति जर्गेना गर्ने अभियानलाई विद्यालयस्तरबाट नै चलाउन जरुरी रहेको बताए ।