ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

निर्माण कम्पनीको ढिलासुस्ती : नगरपालिकाको चेतावनीपछि बल्ल काम सुरू

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

समाचार सारांश

  • असार १५ भित्र सम्पन्न गर्नुपर्ने काम सम्झौताको म्याद सकिएपछि करिब १५ दिन ढिलो गरेर मात्रै सुरु गरिएको हो ।

  • वर्षातको प्रतिकूल मौसममा पनि स्थानीय सरकारको दबाबपछि निर्माण कम्पनीले काम गर्न थालेको हो ।

  • समयमै काम नगरेपछि तानसेन नगरपालिकाले रूपन्देहीको रामदेवी डिजाइन एन्ड विल्डर्स कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको थियो ।

पाल्पा, २९ साउन । 

तानसेन नगर सरकारसँग ठेक्का सम्झौता भएको एक निर्माण कम्पनीले म्याद सकिएको १५ दिनपछि कार्यरम्भ गरेको छ । गत असार १५ गते सडक मर्मतको काम सकी सक्नुपर्ने गरी भएको सम्झौता म्याद सकिएपछि काम सुरु भएको हो ।

सङ्घीय सरकारको सडक बोर्ड मार्फत नगर सरकारलाई सडक मर्मतका लागि प्राप्त बजेट ठेक्का सम्झौता गरेको निर्माण कम्पनी समय अवधि अगाडि नै लिखित र मौखिक रूपमा ताकेता गर्दा सम्म स्थानीय सरकारको दबाबका कारण निर्माण कम्पनीले वर्षादको समयमा पनि सम्झौता अनुरूपको काम गरेको हो ।

उक्किएको ठाउँमा कालोपत्रे गर्नका लागि ९९ लाख १६ हजार ७ सय ५५ रुपैयाँमा रुपन्देहीको रामदेवी डिजाइन एन्ड विल्डर्सले ठेक्का सम्झौता गरेको र समयमा काम नगरेका कारण नगर सरकारले कालो सुचीमा राख्ने तयारी गर्दा दण्ड जरिवाना तिराउँदै काम गराएको हो ।

वर्षादको समय भयो समयमा काम भएन सडक मर्मत नहुँदा दुर्घटनाको सम्भावना बढेको थियो भने नगर सरकारले सर्वसाधारणको आलोचना सहनु परेको भए पनि निर्माण कम्पनीलाई कालो सुचीमा नराखी म्याद थप गरी काम गराएको प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले बताए ।

नगर सरकारको कार्य पालिकाको बैठक बाट म्याद थपियो । गुणस्तर कम भए निर्माण कम्पनीको धरौटी बापतको रकम बाट पनि काम गराउन सकिने प्राविधिकहरू बताउँछन् । नगर सरकारका इन्जिनियर शिव शर्मा भन्दछन् अघिल्लो वर्षको चैत २ गते ठेक्का सम्झौता भएको थियो ।

समयमा काम गराउनका लागि समयमा काम गराउनका लागि पटक पटक लिखित र मौखिक रूपमा ताकेता गराउँदा पनि ठेक्का सम्झौता पछि निर्माण कम्पनी सम्पर्कमा नै आएको थिएन । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको पहलका कारण सम्पर्कमा आएको हो ।

तानसेन यतिखेर जात्रामय भएका छ जात्राका समयमा बजारमा सवारीका साधन सँगै पैदल यात्रुको चाप बढ्ने भएका कारण दुर्घटना निम्ताउने बढी सम्भावना भएकाले स्थानीय प्रशासनले नै निर्माण कम्पनीलाई दबाबको वातावरण सिर्जना गरी काम गराएको स्थानीय प्रशासनले जनाएको छ ।

कम विलोमा ठेक्का पार्ने काम नगर्ने यो निर्माण कम्पनीले बासटारी झडेवा खण्डको सडक बासटारी खण्डमा काम अलपत्र अवस्थामा छाडेको स्थानीयहरू बताउँछन् । कामलाई गुणस्तरलाई ध्यानमा नराख्दाका कारण लामो समय देखि अलपत्र अवस्थामा रहेको स्थानीय भरत थापाले बताए ।

बासटारी सडक खण्डमा सडक कालोपत्रे गर्दा प्रयोग भएका निर्माण सामाग्री गुणस्तर हीन भएका कारण कालो पत्रे गर्ने काम रोकिएको हो । निर्माण व्यवसायीले अलकत्रा राख्नु भन्दा पहिला सडकमा राखिने वेश कमसल खालको प्रयोग गरेका कारण काम रोकिएको प्राविधिकहरू बताउँछन् ।  गत आर्थिक वर्षमा निर्माण व्यवसायीका कारण जिल्लामा १० स्थानीय निकाय मध्य सबै भन्दा कमजोर वित्तीय प्रगति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?