ट्रेंडिंग:

>> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

सेङलेङ चिया बगानमा गोडमेल गरी अर्घाखाँचीको भूमिकास्थानले मनायो युवा दिवस

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

अर्घाखाँची, २८ साउन ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चिया बगानमा गोडमेल गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसको अवसरमा भूमिकास्थान नगरपालिका स्तरीय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एक मात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।

देउराली–लालीगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैँचामा रहेको झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिए ।

चिया बगानमा गोडमेलमा सहभागी भएका भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने बताए । प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै  व्यावसायिक कृषि, पर्यटन, उत्पादन र व्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ ।

प्रसिद्ध सुपादेउराली आएका पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्ने, मसिनाको लेक, पाथीभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्को दिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमेकाथान मन्दिर सम्म पुर्‍याएर स्वर्गद्वारी पठाउने आफूहरूको योजना सुनाउँदै नगरप्रमुख थापाले यसलाई कार्यान्वयन गर्ने दिशामा सबैको सहयोगको अपेक्षा राखे ।

वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का कार्यवाहक वडाध्यक्ष चिन्ता बहादुर बस्नेत, ९ का वडाध्यक्ष खेमराज चुँदाली, १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासङ्घ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, स्थानीय गोपाल भट्टराई, युवा सञ्जालका युवाहरू, सेङलेङका स्थानीय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चिया बगानमा गोडमेल गरिएको देउराली–लालीगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?