© २०२३
पाल्पा, २७ साउन ।
रिब्दीकोट गाउँपालिकाको पालुङमौनादीमा ४० वर्षीय राम बहादुर अर्घालीको कुटपिटको कारण मृत्यु भएको छ । उनलाई छिमेकी झपेन्द्र बहादुर खाम्चाले घरयासी विवादका कारण कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका अर्घालीको मिसन अस्पतालमा उपचार गरी सोमबार घर फर्किएको र त्यसै दिन राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानका अनुसार कुटपिटमा संलग्न खाम्चालाई नियन्त्रणमा लिइएको र मृतकको शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको प्रकृया अगाडि बढाएको सूचना अधिकारी प्रधानले बताए ।