ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

वाणगंगामा २८ जनाले पाए लालपुर्जा

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

जीतपुर, २५ साउन ।

वाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले शनिबार एक विशेष कार्यक्रममा २८ जना लाभग्राहीलाई जम्मा २ बिघा १३ कट्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गरेका थिए ।

मन्त्री अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै मुलुकभर ७७ वटा जिल्लामा भूमि आयोग गठन गरी भूमिहीनको समस्या समाधानका लागि काम अघि बढाइएको जानकारी दिए । उनका अनुसार सरकारले ५ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न बजेट समेत विनियोजन गरेको छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय नारालाई व्यवहारमा उतार्ने दिशामा यो अभियान महत्त्वपूर्ण कदम भएको मन्त्री अधिकारीको भनाइ थियो।कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, प्रदेश सभा सदस्य गिरिधारिलाल न्यौपाने, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, भूमि आयोगका जिल्ला अध्यक्ष झबिलाल पोख्रेललगायतले धारणा व्यक्त गर्दै भूमिहीनको हकमा सुरुआत भएको यो कदमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा मोतिपुर डाँडाकी कल्पना सुनारले ३२ वर्षदेखि जोत भोग गर्दै आएको जग्गाको प्रमाण पुर्जा पाउँदा खुसी हुँदै नाच्दै सरकारलाई धन्यवाद दिएकी थिइन । सो अवसरमा मालपोत तथा नापी कार्यालयका प्रमुख, सर्वदलीय नेताहरू, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी तथा ठुलो सङ्ख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष विष्णु गिरीले आफ्नो वडाका २८ जनालाई जग्गाधनी प्रमाण–पुर्जा दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भूमि आयोग, मालपोत र नापी कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका थिए । नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले यो अभियानलाई सबै ११ वडामा तीव्र गतिमा अघि बढाइरहेको बताए ।

उनका अनुसार नगरभर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी गरी ९ हजार ७८५ जनाले आवेदन दिएका बताउँदै जिल्लामै पहिलो पटक वाणगंगाबाट भूमिहीनलाई लालपुर्जा वितरण भएपछि जनतामा नगरप्रतिको विश्वास थप बलियो भएको नगर प्रमुख अर्यालको भनाइ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?