Butwal Today

एएफसी यु-१७ एसियन कप छनोटको समूह ‘जी’ मा नेपाल

२२ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २२ साउन ।

नेपाल एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ। एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार यो समूहमा नेपालसहित दुई पटकको विजेता ओमान, म्यानमार, सिरिया र अफगानिस्तान छन् ।

यो समूहको खेल म्यानमारमा हुनेछ। नेपाल यसअघि तीन पटक यु(१७ एसियन कप खेलिसेकेको छ । नेपालले २०००, २००६ र २०१४ मा प्रतिस्पर्धा गरेको थियो । तर टोलीले समूह चरण पार गर्न भने सकेको छैन ।

छनोटमा सहभागी ३८ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। तीन समूहमा ६ तथा चार समूहमा पाँच टोली  छन् ।