ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

गीत गाउँदै माछा मार्ने थारु महिला आत्मनिर्भर बन्दै

२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

बर्दिया, २१ साउन ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्वर ५ मा अहिले थारू महिलाहरू माछा मार्ने कार्यमा व्यस्त भएका छन् । धान रोपाइँको चटारो सकिएपछि केही दिनको फुर्सदको समय पाएका उनीहरू परम्परागत तरिकाले माछा मार्दै गाउँकै खोला, ताल र दलदली क्षेत्रमा रमाइरहेका छन् । यस गाउँका अधिकांश महिला किसानहरू हुन् ।

असार महिनाको झरीमा खेतमा धान रोप्ने व्यस्तता सकिएपछि साउन लागेसँगै थारू महिलाहरूलाई माछा मार्ने पुरानो चलन अनुरूप ताल, खाल्डो, कुलो र खोल्सामा माछा मार्ने गतिविधि सुरु हुन्छ । यो गतिविधि उनीहरूका लागि मात्र खाना जुटाउने माध्यम होइन, आपसी मेलमिलाप, रमाइलो र संस्कृतिको अभिन्न अंश पनि हो ।

‘स्थानीय ४५ वर्षीया लक्ष्मी थारु बताउँछिन्,’ रोपाइँ सकिएपछि केही दिन खेतमा कामको चाप हुने भएकाले हामी महिलाहरू बिहानबिहानै माछा मार्न निस्कन्छौं । यो हाम्रो संस्कार जस्तै हो । आमा हँुदा पनि हामीले हेरेका हौँ । माछा मार्न जानु भनेको रमाइलो पनि हो, खानाको जोहो पनि हो ।” उनका अनुसार महिलाहरू समूहमा माछा मार्न निस्कने गर्छन् ।

बिहान साढे पाँच बजे नै लाठी, डोरी, टोकरी, ट्याकटी, हेल्का डिलिया र डुमा लिएर उनीहरू कुलो, ताल र खोला किनार पुग्छन् । तालमा पानी कम भएसँगै माछा फसाउने अवसर पनि बढ्ने भएकाले अहिले उत्तम समय मानिन्छ । उनकी साथी ३२ वर्षीया सुष्मा थारुका अनुसार माछा मार्ने कार्यमा अनुभव आवश्यक हुन्छ ।

उनी भन्छिन्, ‘हामीले माछा मार्न सिक्न आमाबाटै सुरु गरेका हौं । कुन ठाउँमा माछा बढी हुन्छ, कुन औजार कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरामा बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीँ एउटै झाडीमा चार–पाँच किलोसम्म माछा फस्छ ।’ सुष्माका अनुसार उनीहरूले प्रयोग गर्ने औजार परम्परागत रूपमा बनाइन्छन् ।

जस्तै, डुमा (बाँसको पिंजडाजस्तो बनाइएको माछा थुन्ने उपकरण), ट्याकटी (दुई छेउमा जाल जस्तो हुन्छ), ढँप (पानीमा माछा फसाउने घेरा), ( हेल्का, डिलिया) जाली आदि घरमै तयार पारिन्छ । यी महिलाहरू माछा मारेर केही गाउँमै बिक्री गर्छन् भने केही घरमै पकाएर खान्छन् । केही महिला त माछा सुकाएर राख्छन् र लामो समयसम्म उपयोग गर्छन् ।

उनीहरूका लागि यो पारिवारिक सन्तुलन राख्ने, अतिरिक्त आम्दानी गर्ने र समुदायसँग मेलमिलाप गर्ने राम्रो अवसर हो । २० वर्षीया कविता थारु जो हालै विवाह गरेर गाउँमा आएकी हुन्, माछा मार्न पहिलो पटक निस्किएको बताउँछिन् । उनी भन्छिन्, “पहिला त मलाई माछा मार्न डर लाग्थ्यो । तर सासू–आमाले सिकाइदिईन । अहिले त मजा लाग्न थालेको छ ।

हामी पाँच जना मिलेर हिजो मात्रै झण्डै पाँच किलो माछा मा¥यौं,” कविता भन्छिन्, “माछा मारेर गाउँमै बेचेको पैसाले बच्चाको लागि कपडा किनिन्छ, कहिलेकाहीँ त बजारको सामान पनि किनिन्छ । यो सस्तो आम्दानीको स्रोत पनि हो ।” माछा मार्न जानु उनीहरूका लागि केवल काम मात्रै होइन, आपसी सम्वाद र मेलमिलापको माध्यम पनि हो । महिलाहरू खोला किनारमा गफिँदै, गीत गाउँदै, हास्दै रमाउँछन् । कतिपय स्थानमा त महिलाहरू माछा मार्दै पारम्परिक थारू गीत पनि गाउने गर्छन् ।

‘बढैयाताल गाउँपालिका ताल, कुलो र खोला प्रशस्त रहेको क्षेत्र हो । विशेषतः वडा नं. ५ मा रहेको बढैयाताल, कोइलही नाला, थारूहट क्षेत्रका दलदली भागहरू, खेतीयोग्य तर पानीजम्ने ठाउँहरू माछा मार्नका लागि उपयुक्त मानिन्छ । गाउँमा वर्षायामको समयमा पानी भरिएर प्राकृतिक माछाको प्रजनन सहज हुने भएकाले महिलाहरू साउन महिनामा माछा मार्ने कार्यमा बढी सक्रिय हुने गरेका छन् ।

साना ताल र कुलोहरूमा पानी घट्न थालेपछि माछा झाडीमा थुनिन्छ र फसाउन सजिलो हुन्छ । ‘स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष तुला राम थारुका अनुसार, ‘हामीले गाउँमा माछा मार्ने महिलाहरूको कला संरक्षण गर्न तालिमको योजना बनाएका छौं । यसले स्थानीय आयआर्जनमा मद्दत गर्नेछ । साथै, महिलाहरूको सशक्तीकरणमा पनि सघाउ पुग्नेछ ।’

थारू समुदायमा माछा मार्ने कार्य महिलाले गर्ने परम्परा लामो समयदेखि चलिआएको छ । यसले उनीहरूको आत्मनिर्भरता बढाएको छ । अहिले त केटा–केटी मिलेर पनि माछा मार्ने क्रम बढ्दै गएको देखिन्छ । गाउँका पुरुषहरू पनि महिलाहरूलाई माछा मार्नमा सहयोगी भूमिका खेलिरहेका हुन्छन् ।

कतिपय अवस्थामा पुरुषहरू माछा समाउन गएका महिलाहरूलाई झोला बोकेर साथ दिने गर्छन् । यसरी थारू महिलाहरूको माछा मार्ने सीपले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । सीप र श्रमको सहकार्यबाट उत्पादन भएको माछा उनीहरूको घरको भान्सादेखि बजारको थालीसम्म पुग्न थालेको छ ।

स्थानीय पुर्खा गोविन्द चौधरीका अनुसार, ‘यस्ता परम्परागत सीपहरू संरक्षण गरी तालिम, बजार प्रवद्र्धन र सहकारी मार्फत उत्पादनलाई व्यवस्थित गर्न सके स्थानीय स्तरमै राम्रो आयस्रोत बन्न सक्छ ।’ धान रोपाइँ सकिएपछि थारू महिलाहरूको माछा मार्ने परम्परा अहिले पनि जीवन्त देखिन्छ ।

यो केवल एउटा कृषि–सांस्कृतिक अभ्यास मात्र होइन, महिलाहरूको आत्मनिर्भरता, सामाजिक मेलमिलाप र घरको आवश्यकतालाई पूरा गर्ने माध्यम बनेको छ । बढैयाताल गाउँपालिकाका थारू महिलाहरूको माछा मार्ने यो सीप संरक्षण र प्रवद्र्धन गर्न सके उनीहरूको जीवनस्तर उकास्न सकिने स्पष्ट देखिन्छ । यस कार्यलाई स्थानीय सरकार, संघसंस्था तथा समुदायको सहकार्यबाट अझ प्रभावकारी बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?