© २०२३
यहि साउन १६ देखि २२ गते अर्थात अगस्त १ देखि ७ सम्म ‘स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौ’ं भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । विश्व स्तनपान सप्ताह सन १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानको महत्वबारे जानकारी दिन यो हप्ताभरी बिभिन्न कार्यक्रम हुने गर्दछन । स्तनपान अमृत समान भन्ने भनाई त हामीले सुन्दै आएका छौँ ।
आमाको दुध बाहेक बच्चाको लागि बिकल्पको रुपमा अरु कुनै खाद्य पदार्थ छैन र शिशु जन्मेको एक घण्टाभित्र नै आमाको दुध, बिगौति दुधको रुपमा खुवाउनु पर्छ । बिगौति दुध बच्चाको जिन्दगीकै पहिलो खोप हो भन्ने पनि अध्ययनले प्रमाणित गर्दछ । आमाको दुधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लडनसक्ने क्षमताको विकास गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन ।
स्तनपान भनेको के हो ? सामान्यतया शिशुलाई आफ्नै आमाको दुध चुसाउनु स्तनपान हो । स्तनपानको दूईवटा मुलभुत मापदण्ड छन । १ प्रारम्भिक स्तनपान । प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दुध खुवाउन शुरु गर्नु हो ।
यसो गर्नाले शिशुले दुध चुस्ने क्षमता प्राप्त गर्छ र शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउंँछ, साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दुधमा रोगसंँग लडन सक्ने प्रतिरक्षा क्षमता एन्टीबडी धेरै हुने भएकाले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुंँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ ।
पूर्ण स्तनपान भन्नाले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो । शिशुका लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दुधमा नै पर्याप्त हुने भएकाले अन्य कुनैपनि किसिमको थप खाना ख्वाउन आवश्यक हुंँदैन ।
यसरी ६ महिनासम्म स्तनपान गराउँंदा शिशुहरुको शारिरीक र मानसिक वृद्धि र विकासका लागि सहयोग पुग्छ । पुर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चा भन्दा तिक्ष्ण हुन्छ । संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत फाइदा हुने भएकाले स्तनपान अमृत समान हुन पुगेको छ ।
दिर्घकालिन रुपमा बच्चाको मृत्युदर घटाउनसमेत स्तनपानको भुमिका रहेको छ । शिशु ६ महिना पुग्नासाथ आमाको दुधका साथसाथै पोषिलो थप आहार खुवाउन थाल्नुपर्छ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनुपर्छ ।
शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनु पर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ । डाक्टरहरुका अनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्व छ ।
नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवद्र्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिक स्थल तथा स्वास्थ्य सँस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।
स्तनपानले आमा र बच्चालाई हुने थुप्रै फाइदाहरु छन । यसले बच्चालाई बिभिन्न रोगहरुबाट बचाउँछ । बच्चाको शारिरीक र मानसिक बिकास राम्ररी हुनका लागि मद्दत पु¥याउँछ । बच्चालाई लगातार स्तनपान गराउने आमालाई स्तन क्यान्सर हुनबाट बचाउंँछ । बच्चा जन्माउंँदा लत्रेको वा कमजोर भएको पाठेघरलाई सामान्य अवस्थामा फर्कन स्तनपानले मद्दत गर्दछ ।
आमाको दुधले बच्चाको दिमागको पूर्ण बिकास गर्न मद्दत पुग्छ । आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ । आमाको अनावश्यक तौल बढनबाट स्तनपानले नियन्त्रण गर्न मद्दत गर्दछ । प्रसुती अबस्थामा हुने रक्तश्राव कम गर्न मद्दत गर्दछ । बच्चालाई झाडापखालाबाट बचाउँछ । बच्चाको आन्द्राको बिकास गर्न सहयोग गर्दछ ।
आमाको दुधमा बच्चाको लागि आवश्यक कार्बोहाइडेड, प्रोटिन र चिल्लो पदार्थ पाइन्छ । स्तनपानले आमा र बच्चा दुबैलाई निन्द्रा लगाउँछ । बच्चाको मृत्युदरमा कमी ल्याउँछ । बच्चाको दाँत र गिँजाको पनि विकास गर्न मद्दत गर्दछ । बच्चाको दांँत बलियो हुन्छ । बच्चामा बोली छिटो आउँछ । बच्चामा छाला रोगको संभावना कम हुन्छ ।
आमाको महिनावारी गडबड हुनबाट रोक्छ । बच्चा ६ महिनाको पुग्दासम्म पानी पनि नदिई स्तनपान गराउने आमालाई गर्भ निरोधकको काम गर्दछ । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ ।
२४ जुलाई २०२१ सम्मको तथ्यांक अनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेको पाइन्छ । वल्र्ड अलायन्स फर ब्रेस्टफिडिड एक्सन, विश्व स्वास्थ्य संगठन र युनिसेफले एक साथ जीवनको पहिलो ६ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साता व्यापी रुपमा मनाउंदै आएको छ ।
यो उत्सवको उद्देश्य नयाँ आमा बुवाहरुको बीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । नेपालमा हालको स्तनपानको स्थिति, नेपाल बहुसुचक सर्वेक्षण २०१९ अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाहरुको संख्या ४१.७ प्रतिशत मात्र छ भने पूर्ण स्तनपान गराउने आमाहरु ६२.१ प्रतिशत छन् ।
शिशुहरुलाई उमेरको मापदण्ड अनुरुप स्तनपान गराउने आमाहरु जम्मा ८१.४ प्रतिशत मात्र छन । त्यस्तै गरेर नेशनल डेमोग्राफिक हेल्थ सर्वे २०१६ अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाहरुको संख्या ५५ प्रतिशत मात्र छ भने पूर्ण स्तनपान गराउने आमाहरु ६६ प्रतिशत छन ।
साथै ६ महिना पूरा भएका बच्चाहरुलाई स्तनपानको साथमा समयमै मापदण्ड अनुरुप थप खानाको सुरु गर्ने आमाहरुको संख्या जम्मा ३६ प्रतिशत मात्र छ ।
उल्लेखित प्रतिनिधि तथ्यांकले दर्शाएको वर्तमान स्थितिको कारणको खोजी गर्दा अशिक्षा, गरिबी, ऐन, कानुन र नियमावलीको अभावले स्तनपानलाई कुनै असर परेको देखिदैन ।
व्यापारिक विज्ञापन, व्यक्तिगत आम्दानी, बजारमा उपलब्ध फर्मुला युक्त खाना, कानुनी प्रावधानको कार्यान्वयन पक्ष फितलो हुनु, कार्यालय वा अन्य स्थानमा छुटटै स्तनपान कक्षको व्यवस्था नगरिनु, प्रसुति बिदा कम दिनु ९८ दिन मात्र र परम्परागत धारणा समाजमा रहिरहनुले अहिलेपनि स्तनपान नवजात शिशुको नैसर्गिक अधिकारको हनन नै भएको छ भन्दा पनि फरक नपर्ला ।
यस्तो अबस्था रहिरहँदा नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका लागि राखिएको महत्वकांक्षी लक्ष्य हासिल गर्न धेरै कठिन पर्न सक्ने अन्दाजा गर्न सकिन्छ ।
त्यसैले यस्ता उत्सवहरुको आयोजनाहरुलाई लक्षित वर्गसम्म पु¥याउने र सार्वजनिक बहसको बिषय बनाई प्रत्येक आमालाई स्तनपान गराउनुको विकल्प स्तनपान मात्र हो र मापदण्ड अनुसार स्तनपान गराउनाले शिशुको रुग्णता दर र मृत्युदर त घटछ नै । साथै तृक्ष्ण बुद्धि र क्षमतावान नागरिकको परिकल्पना पूरा हुनेछ भन्ने जनचेतना फैलाउनेतिर प्राथमिकीकरण गर्न जरुरी देखिन्छ ।