ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

स्थानीय तहमा दमकल छैन, डढेलो नियन्त्रण तानसेन र रामपुरको भरमा

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार
  • पाल्पा जिल्लाका १० स्थानीय तहमध्ये २ नगरपालिकामा मात्र दमकल छन् ।

  • ८ वर्षअघि विपद् प्रतिकार बैठकमा गाउँपालिकाहरूले दमकल खरिद गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन भएन ।

  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार दमकल हुनु पर्ने प्रावधान भए पनि गाउँपालिकाहरूले ऐनको कार्यान्वयन नगरेको आरोप ।

पाल्पा, १६ साउन ।

गत वैशाखमा रिब्दीकोट गाउँपालिकाको देउरालीको सामुदायिक वनमा भीषण आगो लाग्दा तानसेन नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रण ग¥यो । सोही महिनामै वगनासकाली गाउँपालिकाको दर्लाम डाँडा पनि मध्ये दिनमा जङ्गलमा डढेलो लाग्यो ।

त्यही तानसेन नगरपालिकाको दमकल बाट आगो नियन्त्रण हुँदा आगो मानव बस्तीसम्म पुग्न सकेन । तानसेन नगरपालिकाबाट सञ्चालित दमकलले रम्भा गाउँपालिकाको हुमिन बजारमा समेत पुगेर आगो नियन्त्रण लिएको नगर सरकारका सूचना अधिकारी भरत आचार्य बताउँछन् ।

रामपुर नगरको दमकलले नगर क्षेत्र मात्र नभई रम्भा, निस्दी गाउँपालिका सम्म पुगेर आगो नियन्त्रण गरेको नगर सरकारका प्रवक्ता कपिल खाँण बताउँछन् । सुख्खा मौसममा वन जङ्गलमा लागेको आगो मानव बस्ती नजिक पुग्न लागेपछि टाढा–टाढा बाट बोलाउने गर्दछन् ।

अर्कोतर्फ स्थानीय सरकार आगो नियन्त्रणका लागि दिगो व्यवस्थापन तर्फ स्थानीय सरकारले ध्यान नदिँदा नगरपालिकाको दमकलले सेवा दिएको हो । जब सुख्खा मौसमको थालनीसँगै आगलागीको घटना बढ्दो हुन्छ । प्रत्येक वर्ष डढेलोको समस्या पनि बढ्दो अवस्थामा छ ।

पायक पर्ने दुई वटा गाउँपालिका मिलेर एउटा दमकल किन्न सकिनेछ । जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा बस्ने विपद् प्रतिकार बैठकमा गाउँपालिकाका प्रमुखहरूले दमकल खरिद गर्न भनेको पनि आठ वर्ष भयो । तर अहिले सम्म गाउँपालिकाहरूमा दमकल विहीन भएको जिल्ला विपद् प्रतिकार समितिका एक सदस्यले बताए ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी पनि स्थानीय तहमा अब दमकल अपरिहार्य भयो । दमकल खरिदको प्रक्रिया अगाडि बढाए आफूले भन्सार छुटका लागि पत्राचार गर्ने बताउँछन् । स्थानीय सरकार दाताको भर पर्दा गाउँपालिका दमकल विहीन हुन पुगेको उनले बताए ।

माथा गढी गाउँपालिकाका पूर्व जनप्रतिनिधि भन्दछन्–‘स्थानीय सरकारको तर्फबाट गरिने पूर्वाधार निर्माणका काम सकिए । अब आफैले खरिद गर्न सक्ने भएका छन् । आगलागी भनेको एक प्रकारको दैविक प्रकोप पनि हो ।

त्यसतर्फ स्थानीय सरकारको प्राथमिकतामा पर्न नसक्दा त्यस सम्बन्धी चासो नै नदिएको हो ।’  सङ्घीय संरचनाको निर्माण भएसँगै स्थानीय सरकारको गठन भएको हो । स्थानीय निकाय तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकार चलेका छन् ।

त्यही ऐनमा दमकल राख्नु पर्ने भन्ने छ । तर स्थानीय सरकारले त्यही ऐनलाई हुबहु कार्यान्वयन गर्न तर्फ पहल नगर्दा यस्तो भएको रिब्दीकोट गाउँपालिकाका एक स्थानीयले बताए । रैनादेवी, तिनाउ, माथा गढी र निस्दी गाउँपालिकाको आन्तरिक आम्दानी गाउँपालिकाहरू मध्ये पर्दछ ।

गाउँपालिका केन्द्रमा जनघनत्व बढेको छ । सुख्खा मौसममा मात्र नभई अन्य समयमा पनि विद्युतका कारण बस्ती नै ध्वस्त हुने गरी आगो लागेमा तानसेन, रामपुर जस्ता नगरपालिका बाट दमकल पुग्दा बस्ती नै खरानीमा हुन सक्ने स्थानीयहरू बताउँछन् ।

स्थानीय सरकार सँग श्रोत नभएको होइन । जनप्रतिनिधिहरूको इच्छा नहुँदा गाउँपालिका दमकल विहीन हुन पुगेको निस्दी गाउँपालिका मित्यालकी स्थानीय देवीमाया सोती बताउँछिन् ।  निस्दी गाउँपालिकाको सरकार प्रमुख मुक्त बहादुर शारु भन्दछन्–‘दमकल त हाम्रो आवश्यकता हो दमकल भन्दा पहिले दमकल पुग्ने बाटो चाहियो नि अनि दमकल चलाउने चालकको आवश्यकता छ आउने दिनहरूमा यसतर्फ ध्यान दिने उनी बताउछन् । ’

जिल्लामा १० स्थानीय तह मध्य दुई वटा नगरपालिकामा मात्र दमकल छ । बाँकी सबै गाउँपालिका भने नगरको दमकलमा आश्रित भएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरू सबै आफ्नो सेवा सुविधाका लागि श्रोत हुने यस्ता सामाजिक महत्त्व बोकेका बस्तु खरिदका लागि श्रोत नहुने भन्ने कुरा अत्यन्तै लज्जास्पद कुरा भएको वगनासकाली गाउँपालिका दर्लाम डाँडाका एक स्थानीयले बताए ।

रैनादेवी छहरा गाउँपालिकाका सरकार प्रमुख रुक्मांगत पनि आवश्यकता भएको महसुस गर्दछन् । सीमित श्रोत र साधनले असीमित काम गर्नु पर्ने हुँदा श्रोतको समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?