Butwal Today

पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

१६ श्रावण २०८२, शुक्रबार
अ+
अ-

जितपुर, १६ असार ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–५, कोपवाका दुई बालकको घोलामा डुबेर ज्यान गएको छ ।

बिहीबार बेलुकी पिपरा र नगवाको सिमानामा बग्ने बिकली घोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीका अनुसार मृतकहरूमा ११ वर्षीय वासाप चौधरी र १० वर्षीय निशान थारु रहेका छन् । दुवैजना कोपवा निवासी हुन् ।

स्थानीयवासीले साँझ करिब ६ बजेतिर बालकहरू डुबेको जानकारी अस्थायी प्रहरी पोष्ट जहदीलाई दिएका थिए ।

सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवै बालकका शवहरू पिपरा अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।