ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गाउँमा शिक्षक पाउनै मुस्किल, गणित शिक्षकका लागि चार पटक विज्ञापन

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

गुल्मी, १५ साउन ।

पहिले कुनै विद्यालयहरूमा शिक्षकको विज्ञापन खुल्दा आवेदन दिनेको लर्को लाग्ने गर्दथ्यो । विद्यालयलाई शिक्षक छनोट गर्न पनि हम्मे हम्मे हुने गर्दथ्यो ।

शिक्षक  राखिदिनका लागि ठुलै नेतासम्मको पहुँच समेत लाग्ने गर्दथ्यो । तर अहिले भने विद्यालयले चार पटक विज्ञापन गर्दा पनि माध्यमिक तहको गणित शिक्षक पाउन सकेको छैन ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा खडगकोटमा रहेको शुक्र माध्यमिक विद्यालयले माध्यमिक तहको सङ्घीय अनुदान गणित शिक्षकका लागि चार पटक विज्ञापन गर्दासमेत शिक्षक पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेम पुन मगरले बताए ।

पहिले कार्यरत शिक्षक घर पायक मिलाएर गएपछि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा गणित शिक्षक नभएकाले विद्यार्थीको पठन पाठनमा मर्का परेको उनले बताए ।

शिक्षकको व्यवस्था गरिदिनका लागि आफूले स्थानीय सरकार समक्ष बिन्ती   बिसाएको उनको भनाइ छ । कक्षा १० की छात्रा दीपा थापा र वर्षा थापाले नयाँ शैक्षिक सत्रबाटै गणित शिक्षक नहुँदा गणित विषय अध्ययन गर्नबाट वञ्चित भएको बताए ।

लामो समयसम्म विषय शिक्षक नहुँदा जटिल विषय नै पढ्नबाट वञ्चित भएको बताउँदै सरोकारवाला मौन रहँदा विद्यार्थीको भविष्य माथि खेलबाड भएको आफूहरुले अनुभुति  गरेको उनीहरुको भनाइ छ ।

भौगोलिक रुपले विकट भएको विद्यालयमा झन शिक्षक नहुँदा आफुहरुले थप समस्या झेल्नु परेको विद्यार्थीहरुले गुनासो गर्दै आएका छन् ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले पटक पटक विज्ञापन गर्दा पनि शिक्षक पाउन  नसकेकाले बताए ।

नेपालको शिक्षा नीति अनुसार अध्यापन अनुमतिपत्र प्राप्त ब्यक्तिले मात्रै शिक्षण गर्न सक्ने भएकाले माध्यमिक तहका लागि अध्यापन अनुमति पत्र भएका ब्यक्तिहरु कम हुने र गाउँमा भन्दा शहरमा बढी केन्द्रित हुने भएकाले समस्या भएको उनको भनाइ छ ।

भौगोलिक रुपमा विकट भएको विद्यालयका नानीबाबुहरुको पठन पाठनलाई नियमित गर्नका लागि पालिकाले योजना बनाएको बताउँदै शिक्षकको ब्यबस्था नभएसम्मका लागि भएपनि वैकल्पिक ब्यबस्था गरेरै छाड्ने उनले दाबी गरे ।

केही महिना पहिले मुसिकोट नगरपालिकामा छैटौँ पटक विज्ञापन गर्दा अन्तिम पटक शिक्षकको ब्यबस्था भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?