ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
डिंगरनगर दूरगामी सहकारी प्रकरण

७ करोड फिर्ता दिन अध्यक्षकी श्रीमती राजी, तर जेठाजु हरि तिवारीको असहमतिले समन्वय भाँडियो (भिडियोसहित)

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार
  • डिंगरनगर सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले करोडौं रकम अपचलन गरी फरार भएका छन् ।

  • ठगिएका बचतकर्ताहरूले सहकारी कार्यालयमा घेराउ गर्दै निरन्तर दबाबमूलक आन्दोलन जारी राखेका छन् ।

  • फरार अध्यक्ष तिवारीकी पत्नी शारदा तिवारीले आफ्नो तर्फबाट करिब ७ करोड रुपैयाँ फिर्ता गर्ने प्रस्ताव राखेकी थिइन् ।

  • शारदा तिवारीको प्रस्तावमा उनका जेठाजु हरि तिवारीको असहमति भएपछि रकम फिर्ती प्रक्रिया अवरुद्ध भएको हो ।

बुटवल, १५ साउन ।

रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले करोडौं रकम अपचलन गरेर फरार भएपछि तनाव झन् बढ्दै गएको छ । सहकारी घोटालाबाट पीडित भएका बचतकर्ताले कार्यालयमा घेराउ जारी राखेका छन् भने, सहकारीको भविष्य अन्योलमा परेको छ ।

तर पछिल्लो घटनाक्रमले समन्वयको प्रयासलाई समेत झस्काउने परिस्थिति बनाएको छ । सहकारी अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीले आफ्नै पहलमा करिब ७ करोड रुपैयाँ सहकारीमार्फत बचतकर्तालाई फिर्ता गराउने प्रस्ताव राखेकी थिइन् । बुधबार सम्पन्न छलफलमा उनले आफ्नो तर्फबाट उक्त रकम जुटाउने र समन्वय समितिमार्फत वितरण गर्न तयार भएको बताएकी थिइन् । तर, शारदाको यो सहमति पछि उनका जेठाजु हरि तिवारीको असहमतिले सारा प्रक्रिया अवरुद्ध भएको समन्वय समितिका एक सदस्यले जानकारी दिएका छन् ।

“शारदाजीले सकारात्मक भूमिका खेल्दै रकम उपलब्ध गराउने वाचा गर्नुभएको थियो । तर अन्तिम निर्णयका लागि उनका जेठाजु हरि तिवारीको सहमति आवश्यक प¥यो । उहाँले समर्थन नगरेपछि सारा प्रक्रिया रोकियो”–समितिका एक सदस्यले नाम नखुलाई जानकारी दिए ।

बचतकर्ताहरुले भने यो घटनालाई झनै शंकास्पद रूपमा हेरेका छन् । उनीहरुको भनाइमा, रकम तिर्ने तयारीसम्म पुगिसकेको बेला पारिवारिक दबाबमा समन्वय भाँडिनु, फरार आरोपीहरूलाई जोगाउने रणनीति हुन सक्ने सम्भावना छ । यस विषयमा संस्थाका सल्लाहकार समेत रहेका हरि तिवारीले आफूले त्यसो नभनेको प्रतिक्रिया दिए । “म सुरुदेखि नै यो प्रकरणलाई मिलाउनुपर्छ र बचतकर्ताको बचत सुरक्षित तवरले फिर्ता गर्नुपर्छ भनेर लागेको हुँ, मैले बुहारीलाई कुनै कुरा भनेको पनि छैन”–उनले भने–“कतिपय गैरकानुनी काम पनि भए होलान, कागजात नमिलेका पनि हुन सक्छन्, तर कानुनी प्रक्रियामा जानुभन्दा कसरी हुन्छ बचत फिर्तातर्फ सबैले भूमिका खेल्नु जरुरी छ ।

अध्यक्ष र सचिव फरार भएको झन्डै दुई साता बितिसक्दा पनि प्रहरीले ठोस उपलब्धि नदिएको भन्दै आक्रोशित बचतकर्ताहरू अहिले पनि सहकारी कार्यालयमा घेराउमै छन् । अध्यक्ष र सचिवकी श्रीमतीहरूसहित सञ्चालकहरुलाई कार्यालयभित्रै राखेर छलफलको दवाब दिइँदै आएको छ ।

“हामी कुनै पनि हालतमा पछि हट्दैनौं। रकम फिर्ता नभएसम्म कार्यालय नछोड्ने, र फरारहरूलाई झिकाएरै छाड्ने हाम्रो अडान छ,“ पीडित सदस्य बसन्त शर्माले भने ।

अहिले सहकारीको कार्यालय बाहिर सुरक्षाका लागि पाँचवटा सशस्त्र प्रहरीका गाडी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश सापकोटाका अनुसार फरार अध्यक्ष र सचिवको खोजी जारी छ र चाँडै पक्राउ गरिने दाबी गरिएको छ ।

यसबीच, प्रदेश सहकारी कार्यालयले वास्तविकता पत्ता लगाउन आन्तरिक लेखापरीक्षणको तयारी थालेको छ । तर, पहिले नै लेखापरीक्षणमा तथ्य हेरफेर भएको आशंकाले यो प्रक्रिया पनि ढिलाइ भएको छ । पीडितहरूको एउटै माग छ— “हामी पैसा फिर्ता नपाउँदासम्म चुप लाग्दैनौं।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?