Butwal Today

नारायणगढ–बुटवल सडक निर्माणको प्रगति ७० प्रतिशत

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १४ साउन ।

नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यले अहिले ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। आयोजनाले बुधबार यस्तो जानकारी दिएको हो। यद्यपि, कामको गति सुस्त भएको भन्दै सरकारप्रति आलोचना पनि भइरहेकै छ।

कुल ११४.५३ किलोमिटर लम्बाइको यो सडक खण्डमा अहिले दाउन्ने बाहेकका सबै भागमा कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। यसले ती क्षेत्रका यात्रुलाई सहज बनाएको छ।

तर दाउन्ने क्षेत्रको १३ किलोमिटर सडक अझै पनि अपूरो छ। विशेषगरी वर्षाको समयमा सवारीसाधन चिप्लिने समस्या देखिँदा त्यहाँको यात्रा कष्टकर बन्दै आएको छ।

योजना अनुसार, दाउन्ने खण्डको काम पनि यसै हिउँदभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि सम्पूर्ण सडकखण्डमा सहज यात्रा हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?