ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

पाल्पामा कुटिर उद्योग एकपछि अर्को गर्दै बन्द

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार
  • पाल्पामा कुनै समय फस्टाएको कुटिर तथा घरेलु उद्योगहरू हाल धमाधम बन्द भइरहेका छन् ।

  • घरेलु कार्यालयमा कर तिरे ३ वर्षसम्म मान्य भए पनि स्थानीय तहमा वर्षेनि दोब्बर कर तिर्नुपर्ने बाध्यता छ ।

  • आर्थिक वर्ष ०८०/८१ मा १३९ उद्योग बन्द, अघिल्लो वर्ष २३३ उद्योगको लगत कट्टा भएको छ ।

 

पाल्पा,  १४ साउन ।

कुनै समय कुटिर उद्योगका रूपमा ख्याति कमाएको जिल्लामा यतिखेर भएका उद्योग बन्द गर्ने अभियान नै चल्दै छ । अर्थतन्त्र चलायमान हुन नसक्नु, कर प्रणालीमा सरकारको स्पष्ट नीति हुन नसक्नु जस्ता कारणले गर्दा, उद्योगहरू कानुनी रूपले बन्द भएका हुन् ।

मुलुकमा सङ्घीय शासन व्यवस्था अनुरूपका शासन व्यवस्था सञ्चालन गर्ने तीन तहका  सरकार अनुरूप कर प्रणाली लागू भएका कारण उद्योग मारमा परेका हुन । घरेलु तथा कुटिर उद्योग सञ्चालन मात्र भएको यस जिल्लामा फर्निचर बेकरिज, उद्योगसँगै तामा, फलाम उद्योग र पछिल्लो समयमा तानसेनमा दुई रामपुरमा पानी प्रशोधन गर्ने उद्योग संचालनमा आएका छन् ।

लामो समयमा टक्सार टोलमा काँसद्वारा निर्मित करुवा उद्योग सञ्चालन गरेका पुराना व्यवसायी मगंल प्रसाद बज्राचार्य भन्दछन्–‘हातले बनाउने करुवा मेसिनले बनाउँदा कम लागतमा उत्पादन भयो । मेसिन सँग हातको प्रतिस्पर्धा हुन छाड्यो ।

त्यसैमाथि करको भरले च्याप्दा दर्जन भन्दा बढी उद्यमीले उद्योग सदाका लागि छाडे ।’ करुवाले विदेशमा समेत नाम कमाउन सफल भयो । उद्योगीका लागि कच्चा पद्धार्थको समस्या छँदै छ ।

त्यस माथि करको भर । सरकार अनुरूप कर प्रणाली भएका कारण उद्योगीहरू मर्कामा परेको उनले बताए । फलामका कृषि औजार, तामाका भाडा वर्तनले समेत राम्रो पहिचान बनाएको हो ।

पछिल्लो समयमा हातले बनाउँदा एउटा राम्रो पहिचान बनाएको थियो । यहाँका सामग्री कहाँ पुगेन भन्ने थियो । त्यति बेला घरेलु कार्यालयमा मात्र उद्योग दर्ता गरेर हुन्थ्यो । जब सङ्घीय संरचना बन्यो तब करको भारी थपियो ।

प्रविधिका कारण मेसिनको विकास भयो । कम लागतमा कृषि औजारदेखि भाडा वर्तन तयार भयो । मेसिन सँग प्रतिस्पर्धा चलेका बखतमा कर बढ्यो । स्थानीय सरकारको करका कारण व्यवसायबाट पलायन हुने अवस्था भएको वगनासकाली गाउँपालिकाको टेक्रेका डिल बहादुर विश्वकर्मा बताउँछन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कर प्रणालीका कारण उद्योग बन्द गर्ने क्रम बढेको छ । पहिलेको क्रममा पाल्पा खस्कने क्रम बढेको छ । एउटा व्यापारिक फर्मले चार ठाउँमा कर बुझाउनु पर्दछ ।

व्यवसाय दर्ता भनेर स्थानीय सरकार, प्रदेश तहको घरेलु तथा साना उद्योगको कार्यालय, सङ्घीय सरकारको कर कार्यालय, वाणिज्य कार्यालयसम्म पुग्नु पर्दछ । कर बुझाउने प्रक्रिया झन्झटिलो भएको तानसेन नगर सरकारका राजश्व शाखाका मधु सुधन घर्ती बताउँछन् । करको सवालमा एक द्वार नीति हुनु पर्ने उनको भनाइ रहको छ ।

घरेलु कार्यालयका एक पटक कर तिरे ३ वर्ष सम्म ढुक्क हो । स्थानीय सरकारलाई घरेलुको तुलनामा दोब्बर वर्षै पिच्छे बुझाउनु पर्दछ । जसले गर्दा साना उद्योगीहरू मर्कामा परेको घरेलु कार्यालयले जनाएको छ ।

स्थानीय सरकारले स्थानीय सरकार ऐन अनुरूप कर लिने गरेको छ । यहाँ उद्योग त घरेलु नै हो । ठुला उद्योगहरू छैनन् । व्यापारिक फर्म तर्फ सबैभन्दा कम वार्षिक ५ सय ५० र सबै भन्दा बढी लुम्बिनी मेडिकल कलेजले ३९ हजार ४ सय रुपैयाँ स्थानीय सरकारलाई कर बुझाएको प्रमुख घर्तीले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका मनोज घिमिरेका अनुसार कर प्रणाली व्यवस्थित नहुँदा उद्योग व्यवसायको फर्म बन्द गर्ने क्रम बढ्दो छ । आर्थिक वर्ष ०८०/०८१ को अवधिमा १ सय ३९ वटा उद्योग बन्द भए ।

गत आर्थिक वर्षमा २ सय ३३ वटा उद्योगको लगत कट्टा भएको थियो । घरेलु तथा कुटिर उद्योगको विषयमा सरकारले स्पष्ट नीति निर्माण गर्न नसक्नु, घरेलु तथा कुटिर उद्योगबाट उत्पादित बस्तुको प्रयोग बढाउन तर्फ पनि सङ्घीय देखि स्थानीय सरकार सम्म ध्यान नपुगेका कारण साना लगानीमा स्थापित उद्योग विस्थापित हुने अवस्थामा आएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?