ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनी : ३० मिनेट कृत्रिम प्रतिपक्ष बसेकै भरमा मन्त्री उपहार !

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

बुटवल, १३ साउन ।

लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३० मिनेट प्रतिपक्षमा बसेर मन्त्री उपहार पाएको छ । एक वर्षअघि माओवादी नेतृत्वकको सरकार ढलेपछि एमाले नेतृत्वको सरकारलाई लोसपाले समर्थन गरेको थियो । सत्तापक्षबाट नै कृत्रिम प्रतिपक्ष बने पछि लोसपालाई लुम्बिनी प्रदेशले मन्त्री उपहार दिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को बजेट आएपछि विभेदकारी बजेट भन्दै प्रतिपक्ष दल माओवादी केन्द्र लगायत अन्य साना दलसदन बहिष्कार गरी निस्किएपछि सरकारले बजेट पास गराउनका लागि एकाएक मन्त्री बनाउने सहमतिमा कृत्रिम प्रतिपक्षको रुपमा लोसपालाई प्रतिपक्षको बेञ्चमा राखी बजेट पास गरेको थियो ।

बजेट पास गराउनको लागि असार १७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बसेको लोसपाले साउन ११ गते आइतबार पुनः समर्थन गरेको भन्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको हो ।

यससँगै लोसपाका संसदीय दलका नेता सन्तोष पाण्डे पुनः मन्त्रिपरिषदमा आएका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बजेट पास गर्ने दिन विपक्षी बेञ्चमा बसेर विरोध जनाएको लोसपा पुनः समर्थनसहित सत्तामा फर्किँदा राजनीतिक विश्वासनीयता र नैतिकताबारे प्रश्न उठेको छ ।

फरक–फरक सरकारमा सहभागी हुँदै पटक–पटक मन्त्री बनेका कारण पाण्डेयलाई कतिपयले ‘अवसरवादी’ नेताका रूपमा समेत चित्रण गर्छन् । लोसपाबाट पटक–पटक अवसर पाउनेमा उनी एक्ला नेता हुन् ।

पाण्डेलाई सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीराज चौधरी, लगायत अन्य मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री आचार्यले अघिल्लो एक वर्षदेखि आफूले सम्हाल्दै आएको युवा खेलकुद मन्त्रालय पाण्डेलाई हस्तान्तरण गरेका हुन् । पाण्डे यसअघि २०७८ सालमा शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री र २०८० वैशाखमा डिल्ली चौधरी नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । यो उनको तेस्रो कार्यकाल हो ।

सन्तोष पाण्डेको मन्त्री नियुक्तिपछि लोसपा भित्रै पनि असन्तुष्टि सतहमा आएको छ । पार्टीका उपनेता कन्हैया बानियाले कुनै पनि दलको सल्लाह र निर्णयबिना पाण्डेले सरकारमा सहभागी भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।

उनले भने, “संसदीय दलमा छलफल नै नगरिकन मन्त्री बन्नु पार्टीको निर्णयविपरीत हो ।”

लुम्बिनी प्रदेश सरकारमा अब मुख्यमन्त्रीसहित १२ जना मन्त्री भएका छन् । जसमध्ये एमालेबाट ५, कांग्रेसबाट ५, जसपाबाट १ र लोसपाबाट १ जना मन्त्री रहेका छन् ।

गठबन्धनले साना दलहरूलाई मन्त्रालय दिने भन्दै अघिल्लो वर्षदेखि एउटा मन्त्रालय खाली राखेको थियो । त्यो मन्त्रालय अहिले लोसपालाई दिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?