© 2026
गुल्मी, १३ साउन ।
गए रातीदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
कालीगण्डकी करिडोर सडक अन्र्तगत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल, पर्वत र वाग्लुङ्सम्म चल्ने सम्पूर्ण सवारी साधनहरु बिच बाटोमै रोकिएका छन । उक्त स्थानमा सधै पहिरोको जोखिममा रहँदै आएको छ ।
त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मी स्थित बडिगाड खोलामा पनि पानीको सतह बढ्दै जान थालेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षादको समयमा खोला टटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तकता अपनाउँन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावस्यक काम बाहेक मानिसहरुलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानहरुलाई बाढी र पहिरोको उच्च जोखिम क्षेत्रमा राखेको छ ।