ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सुरक्षा निगरानीमा प्रविधिको भर: बुटवलमा १४५ सिसी क्यामेरा जडान

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार
  • बुटवल उपमहानगरपालिका–१५ मा मोबाइल र साइकल चोरी भएका घटनाहरू सिसी क्यामेराबाट पत्ता लगाई समाधान गरिएको छ ।

  • क्यामेराबाट विकास निर्माणको अनुगमन पनि भइरहेको छ, सार्वजनिक सम्पत्ति क्षति पत्ता लाग्ने ।

  • चालु आर्थिक वर्षमा ५२ लाख रुपैयाँ लागतमा सिसी क्यामेरा जडान  गरिएको छ ।

 

बुटवल, १३ साउन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको एक घरमा केही समय मोबाइल चोरी भयो । मोबाइल चोरेर भाग्दै गरेका ती चोरलाई गाउँका चोक चोकमा सिसी क्यामेरा थियो भन्ने जानकारी नै थिएन ।

उनी मोबाइल चोर्दै गरेर भाग्दै गरेको दृश्य सिसी क्यामेरामा कैद भयो । व्यक्तिको समेत पहिचान देखिने गरी सिसी क्यामेरामा कैद भएपछि उक्त चोर पत्ता लाग्यो । सम्बन्धित व्यक्तिले मोबाइल फिर्ता भए चोरलाई कारबाही भयो ।

केही समय पहिला बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का एक विद्यार्थीको साइकल चोरी भयो । साइकल चोरेर लैजाँदै गरेको दृश्य पनि सिसी क्यामेरामा कैद भयो । पछि पत्ता लगाएपछि साइकल फिर्ता भयो । चोरलाई कारबाही भयो ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ ले आफ्नै लागतमा वडाका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरेपछि पछिल्लो समयमा सार्वजनिक स्थानमा चोरीको घटनामा समेत कमी आएका छन् ।

बुटवल उपमहानगरपालिकाका वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका शिव रानाको पहलको वडाको एकल लागत सहभागितामा अहिले वडाका विभिन्न ८ स्थानमा २० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

अध्यक्ष रानाका अनुसार चोरी नियन्त्रण सहित साँझको समयमा अन्य अनैतिक गतिविधि समेत क्यामेरामा कैद हुने भएको कारण ती गतिविधिमा कमी आएको बताउँछन् ।

यसको साथै विकास निर्माणका विभिन्न गतिविधिहरू समेत वडाको मोनिटरीङ्ग कक्षबाट हेर्न सकिने भएको कारण कुनै सार्वजनिक स्थानमा कसैले क्षति पु¥याएको विषयमा पनि जानकारी हुने गरेको बताउँछन् ।

उनी भन्छन्–‘पछिल्लो समयमा धेरै घटनामा कमी आएका छन् ।’ वडा कार्यालयबाट नै सिसी क्यामेराको मोनीटरिङ्ग हुँदै आएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को उजेलापुर पोखरी क्षेत्र, भेराईटीचोक क्षेत्र, मुख्य बजार क्षेत्र, सहित नवरत्न मावि क्षेत्रका सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।

सडक दुर्घटनाको समेत रेकर्ड विवरण समेत वडा कार्यालयमा रहेको सिसी क्यामेरामा कैद हुने भएको कारण दुर्घटनाको विश्लेषण र कारण बारेमा मूल्याङ्कन गर्नको लागि समेत प्रहरी प्रशासनलाई सहज भएको छ ।

बुटवल उपमहानगरपालिकाले पनि बुटवलको वडा नं. ४, ५, ६ र वडा नं. ९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभी क्यामेरा जडान गरेको छ । सिसिटिभी क्यामेरा जडानपछि बुटवल बजार थप सुरक्षित हुनुका साथै दुर्घटना न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले यसले चोरी, डकैती, लुटपाट तथा अन्य अपराध अनुसन्धानमा समेत सघाउ पुग्ने विश्वास बुटवल उपमहानगरपालिकाले लिएको नगर प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक, मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

उनले यसको समुचित उपयोगका लागि प्रहरी र ट्राफिक प्रहरीको सहकार्य जरुरी रहेकोमा जोड दिए । चालु आर्थिक वर्षको वार्षिक बजेटबाट करिब ५२ लाखको लागतमा सिसिटिभी क्यामेरा जडान गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले जडान गरेको क्यामेराको बुटवल उपमहानगरपालिकाले नै मोनिटरिङ्ग र व्यवस्थापन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?