ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

स्थानीय युवाको संकल्प: गाउँमा नयाँ जीवन पाउँदै लालकुमारी मन्दिर

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

गुल्मी, १२ साउन ।

गुल्मीमा क्लबद्वारा मन्दिर र चौतारो निर्माण गरिएको छ । इस्मा गाउँपालिका –५ स्थित इस्मारजस्थलमा रहेको द–ग्यासेक्सी युवा क्लबले गाउँमा स्थानीय युवाहरूको पहल र सक्रियतामा मन्दिर र चौतारो निर्माण गरेको हो ।

२०६६ सालमा स्थापना भएको क्लबले जीर्ण अवस्थामा पुगेको लालकुमारी मन्दिर संरक्षणका लागि २८ जना युवाहरू मिलेर २५ दिन श्रमदान गरेर मन्दिरको पुनर्निर्माण गरेको हो ।

मन्दिर प्लास्टर, रङरोगन, बिद्युत् जडान, दानपात्र, रिटेलिङ् वाल, गेट र रेलिङसहितको सिँढी निर्माण गरिएको क्लबका पूर्व अध्यक्ष विकाश विष्टले जानकारी दिएका छन् ।

क्लबले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यवस्थापनका सामग्रीको लागि तुलसी बस्नेतको स्मृतिमा मुमा बस्नेत सहितको परिवारले ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।

स्थानीय समाजसेवी स्वर्गीय चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चार सुरमा काँसको पाता उपलब्ध गराएको पूर्व अध्यक्ष विष्टले बताए ।

मन्दिर व्यवस्थापनको अभियानमा एक सय २८ जनाले स्तस्फुर्त रूपमा आर्थिक सहयोग प्रदान गरेका थिए । मन्दिर पुन निर्माणका लागि अभियानमा सङ्कलन भएको तीन लाख ५२ हजार ६२३ रुपैयाँ मध्ये मन्दिरमा दुई लाख २७ हजार ७९० रुपियाँ खर्च भएको क्लबका अध्यक्ष डेम बहादुर विष्टले जानकारी गराएका छन् ।

उक्त क्लबले ब्याडी पोखरी र दोबाटे डाँडामा चौतारी निर्माण तथा अँधेरीखोला, सिख्रे, भिरपानी, ओख्ले र रातापोखरामा पँधेरो सरसफाइ गरिँदै आएको अध्यक्ष विष्टले बताए ।

क्लवले प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मान, स्थानीय सिद्ध प्राविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, तीज गीत प्रतियोगिता लगायतका क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।

अहिलेसम्म निर्माण, मर्मत र सरसफाइ गरिएका सार्वजनिक संरचना स्वतःस्फूर्त रूपमा श्रमदानबाट निर्माण गरिएको हो । सामाजिक कामका लागि आजभोलि श्रमदान गर्ने मानिसहरू बिरलै मात्रमा भेटिन्छन् ।

तर क्लबले सञ्चालन गरेको उक्त अभियानमा भने सानादेखि पाका उमेर समूहसम्मका व्यक्तिहरूको महत्त्वपूर्ण सहयोग रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?