Butwal Today

पहिरोले ध्वस्त पारेको सडक, चालकको दिनरातको सास्ती

११ श्रावण २०८२, आइतबार
अ+
अ-

पाल्पा, ११ साउन ।

बुटवल गुल्मीका जिप चालक शिव खत्रीले सवारी अनुमति पत्र लिएको यही जेठमा १० वर्ष पुग्यो । त्यसपछि उनले नियमित रूपमा सवारी साधन चलाइरहेका छन् ।

बुटवलबाट सवारी चलाएर आउँदा जाँदा उनलाई दर्जनौँ ठाउँमा त्रासदको सामना गर्नु पर्दछ । त्यसैमाथि एक ठाउँमा खोलादेखि सडक भन्दा कति हो कति माथिको पहिरोले मुटु नै थर्कने गरेको उनी बताउँछन् ।

सडकमा उत्तिकै सवारी साधनको चाप, अत्यधिक तीव्र गतिमा गुडेका टिप्पर बिचबिचमा मोटर साइकलका त्यसै माथि चर्चर भन्दा तल आधाभन्दा बढी सडक पहिरोले खोलामा पुराएको ठाउँ क्रस नगर्दा सम्म यात्रा गवान भरोसामा रहेको उनी बताउँछन् ।

विगत दुई वर्ष अगाडि पहिरो सानो थियो । गत वर्षदेखि ठुलो भयो । सडकको अधिकांश भाग खोलाले तलै बाट तानेको छ । कति बेला यो पहिरोबाट खोलामा पुगिने हो भनेर मनमा डर पालेर गाडी हाँक्न परेको छ ।

सडकमा दुई वटा गाडी क्रस गर्न मिल्दैन । दुर्घटना त आफ्नो कारणले भन्दा अरूको कारणले पनि हुने गर्दछ । जबसम्म गुल्मीतिर आउँदा डुम्रेसम्म र बुटवल जाँदा डुम्रे बाट तल सधैँ डर डरैमा गाडी सवारीको साधन चलाएको गुल्मी भार्सेका दिलबहादुर सुनार बताउँछन् ।

सडकलाई तलै बाट पहिराले लछारेको छ । यसको मर्मतको लागि ठेक्का प्रणालीबाट कामको सुरु भएको बताउने, सडक कार्यालयले कामको जिम्बेबारी पाएको निर्माण कम्पनीले सडकको थप क्षति नहोस् र सवारी दुर्घटना पनि नहोस् भनेर पहिरोलाई प्लाष्टिकले ओत लगाएको छ ।

बुटवल पाल्पा सडक खण्डमा बस सञ्चालन गरेकाका पुस्ताका क्षम बहादुर गुरुङ भन्दछन् । यो राजमार्गमा एक ठाउँमा असजिलो भएपो अप्ठ्यारो ठाउँ त गर्न नसकिने छन् ।

गत वर्ष बाट फेरी पहिराले नयाँ ठाउँलाई छोएको छ । पहिले पहिले हिउँदे खोलामा सास्ती  थियो । यस वर्ष बाट दिन रात सास्ती खेपेर सवारीका साधन चलाउनु पर्ने हिउँदे खोलाको सास्ती हट्यो ।

अरू ठाउँ ठाउँमा माथि बाट पहिरो वा ढुङ्गा खसेर खोलामा पुगिएला भन्ने डर भयो उनले भने ठुला सवारीका साधनभन्दा साना–साना सवारीका साधन चलाउन यस ठाउँमा उच्च जोखिम रहेको छ ।

यो वर्ष वर्षाद भएको छैन । वर्षादको समयमा पहिरो अझ फराकिलो हुँदै माथिको खण्ड च्यापियो भने राजमार्ग ठप्प नहोला भनेर भन्न सकिँदैन । सवारी चालक अनिल थापा बताउँछन् ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी दुर्गा प्रसाद गौतम भन्दछन् । यो पहिरो नियन्त्रणसँगै अन्य ठाउँमा अरू कामका लागि ठेक्का पनि गत पुसमा भयो । बुटवलको निर्माण कम्पनीले यही सडकको अन्यत्र काम गर्दा गर्दै वर्षाद सुरु भयो । त्यसले गर्दा यो फेरि तलै खोलाबाट खनेर जग उठाउनु पर्दछ ।

पहिला ढुंगाको समस्या भयो । तल खोलाको उठाउन स्थानीय सरकारको कानुनी जटिलता पनि भयो । यस कारणले काम अगाडि बढाउन सकिएन ।

वर्षाद सकिना साथ पर्खालको काम गर्ने र बायो इन्जिनियरको पनि काम गरिने उनले बताए । गत पुषमा ठेक्का लगाएको हो । एउटै बास्केटमा काम धेरै  हुँदा पनि समस्या भएको निर्माण व्यवसायी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?