© २०२३
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०७९ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसार भरी मनाइँदै छ । नेपालमा पनि यस वर्ष सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा सन् १९९१ देखि सुरु भएको अभियान नेपालमा २०५४ साल देखि मनाउन थालिएको हो । समाजमा हुने हिंसाको सरकारको अग्रसरता तीन नै तहको सरकारले यस्ता आपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको जिम्मा लिनुपर्छ । राज्यको बलियो उपस्थिति बिना हिंसाको न्यूनीकरण हुँदैन । प्रत्येक वर्ष मनाइने अभियानले वास्तमै कसरी समाजलाई जोडेको छ । पस्तुत छ, हिंसा विरुद्धको अभियानका बारेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा महिला विकास अधिकृत शरदा बस्यालसगँ गरिएको कुराकानीको सारसंक्षेप:
हिंसा विरुद्धको अभियान मनाउन किन जरुरी छ ?
अभियान आफैमा एउटा महत्वपूर्ण पर्व हो । यसले समाजमा सकारात्मक सन्देश दिन्छ । यहाँबाट धेरै सकारात्मक कुराहरु प्रवाह हुन्छ । हिंसा अन्तयका लागि भएका कामहरु प्रवाह गर्न पाईन्छ । हामीले पनि अभियान सुरु हुनु भन्दा अगाडि नै यस क्षेत्रमा काम गरिरहेका संघ संस्थासँग छलफल गरेर यो अवधिलाई अझै फलदायी बनाएर कामहरु ग्रिरहेका छौं । हामीले यो वर्ष सबै स्थानीय तहमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेका छौं । चेतना अभिवृद्धि गर्न सके समाजमा हुने हिंसा कम हुन सक्छ । आफुमाथि भएको हिंसालाई महशुस गरेर हिंसा गर्नेलाई कारवाहीका लागि अगाडि बढ्न नसक्दा सम्म महिलामाथि हुने कुनै पनि हिंसामा कमी आउन सक्दैन । त्यसैले पनि जागरण जरुरी छ । यो वा त्यो बहानामा महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका छन् । त्यसलाई कम गराउन प्रदेश सरकारले स्थानीय तहसँग मिलेर यो वर्ष अभियान मनाइएको छ ।
अभियानले हिंसामा परेकाहरुलाई समेट्न सकेको छ कि छैन ?
अभियाले हिंसा परेकाहरुलाई छुन भन्दा पनि सचेतना दिने र सुसुचित गर्ने तरिकाले अभियान चलाइएको छ । ता की म हिंसामा परं,े मैले सम्बन्धित ठाँउमा उजुरी गर्न सक्छु भन्ने खालको जानकारी पनि जरुरी छ । यहाँ त कति महिलाहरु अन्यायमा परेको नै थाहा पाएका छैनन् । यो समाजिक मान्यता हो यसलाई घर भित्रै राख्नु पर्छ भन्ने मनसायले पनि हिंसाका घटनाहरु धेरै छन् । यसबारेमा अभियानले जानकारी दिएको छ । धेरै महिलाहरु यस्ता अभियानबाट आफुलाई परेको हिंसाका बारेका जानकारी लिएर कानुनी लडाईका लागि अघि सरेको देखिएको छ । त्यसैले प्रत्यक्ष एउटा घटनासँग भन्दा पनि हामी सचेतनाले परिवर्तन ल्याउँछ भन्ने कुरामा विश्वास लिएका छौं ।
मन्त्रालयले नियमित रुपमा अभियान बाहेक के कार्यक्रमहरु गरिरहेको छ ?
हामीले महिलामाथि हुने हिंसा कम गर्न अरु समयमा पनि विभिन्न कामहरु गरिरहेका छौ । हामीकहाँ धेरैजसो घरेलु हिंसा हुने गरेको छ । यसले गर्दा महिलासँगै बालबालिकाको बिचल्लीको अवस्था छ । यहाँनिर हामीले बालबालिकालाई संरक्षण गर्नका लागि ५० लाख बजेट भएको बालकोष स्थापना गरेका छौ । त्यसैगरी सेवा तथा पुनस्र्थापना कोष छ । त्यसमा पनि ५० लाख रुपियाँ छ । हामीले घरेलु हिंसामा परेकाहरुलाई पुनस्र्थापना गर्ने गरी कामहरु सञ्चालनमा ल्याएका छौं । विद्यालय कलेज पढ्ने किशोरीहरु प्नि हिंसामा पर्ने संभावना धेरै हन्छ । त्यसैले हामीले १२ वटै जिल्लामा ३० लाख बराबरको आत्मरक्षा तालिका लागि बजेटको व्यवस्थापन गरेर कामहरु ग्रिरहेका छौ ।
लुम्बिनी प्रदेशमा कस्ता कस्ता हिंसाहरु हुने गरेका छन् ?
हाम्रो प्रदेशमा धेरै घरेलु हिंसाका घटना हुने गरेका छन् । त्यो सँगै भावनात्मक हिंसा, यौनजन्य हिंसाहरु पनि धेरै देखिएका छन् । हाम्रो प्रदेशमा भएका खुल्ला सिमानाका कारणले धेरै महिला बालबालिका ओसार पोसारको जोखिम पनि धेरै छ । यी त देखिने हिंसा भए । कतै नदेखिने तरिकाका हिंसा छन् भने कतै सबैले महशुस गर्ने खालका हिंसाहरु छन् । विशेष गरी विपन्न वर्गमा यौन हिंसा, दैनिक यातना, बालविवाह जस्ता धेरै प्रकारका हिंसाहरु भेटिन्छन् । शिक्षित सम्पन्न परिवारमा पनि यस्ता घटनाहरु देखिएका छन् । हाम्रो पितृसतात्मक सोचले निम्त्याएका धेरै हिंसाहरु हाम्रो प्रदेशमा छन् । हामीले हिंसा अन्त्य गर्न त सक्दैनौं । विकाससँगै हिंसाका रुपहरु त फरक फरक तरिकाले आउँछन् तर पनि हामीले समय अनुसार कम गर्नका लागि योजना बनाएर काम गरिरहेका छौ ।