Butwal Today

लुम्बिनी विकास बैंक चन्द्रौटामा आगलागी, करिब ५० लाखको क्षति

१० श्रावण २०८२, शनिबार
अ+
अ-

चन्द्रौटा, १० साउन ।

लुम्बिनी विकास बैंकको चन्द्रौटा शाखामा भीषण आगलागी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटामा रहेको शाखामा शनिबार बिहान करिब ८ बजेतिर आगलागी भएको हो ।

विद्युत सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार बैंकमा आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

घटनापछि तुरुन्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वडा प्रहरी कार्यालय चन्द्रौटा, शिवराज नगरपालिका तथा कृष्णनगर नगरपालिकाबाट खटिएका दमकल टोलीको संयुक्त प्रयासमा करिब दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन्, भने घटना स्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।