ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

कर्मचारीविहीन स्थानीय तह : के संघीयता यत्तिकै हो?

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

रोल्पा, ०९ साउन । 

रोल्पाका स्थानीय तहले लामो समयदेखि कर्मचारीको अभाव झेल्दै आएका छन् । दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा पालिकाहरूको सेवा प्रवाहमा समेत समस्या देखिने गरेको छ ।

स्वीकृत दरबन्दीको पचास प्रतिशत पद रिक्त रहँदा पचास प्रतिशत कर्मचारीले गर्दै आएको कामको गुणस्तर र कार्यसम्पादनमा समेत प्रश्न चिन्ह खडा हुन थालेको छ ।

दश स्थानीय तह रहेको रोल्पा जिल्लामा १९४ अधिकृत र ७८८ सहायक स्तर गरी ९८२ कर्मचारीको स्वीकृत दरबन्दी छ । स्वीकृत दरबन्दी मध्ये ८४ अधिकृत र ४१० सहायक स्तरी गरी कुल ४९४ स्थायी पदपूर्ति गरिएको छ ।

यो संख्या जिल्लामा कुल स्वीकृत दरबन्दीको ५० प्रतिशत मात्रै हो । जिल्लामा कुल स्वीकृत दरबन्दीको ५० प्रतिशत पद रिक्त छ । रिक्त अधिकृत र सहायक स्तर गरी कुल ४८८ मध्ये अधिकृत २५ र सहायक स्तर २४६ सहित २७१ पद करार सेवाद्वारा पूर्ति गरिएको छ ।

स्थायी र करार सेवामा पूर्ति गरिएको बाहेक जिल्लामा २१७ पद रिक्त रहेको छ । रिक्त रहेको २१७ पद मध्ये अधिकृत ८५ र सहायक स्तर १३२ रहेको छ ।

जिल्लाका सबै स्थानीय तहमा अधिकृत स्तरको स्वीकृत दरबन्दी १९४ मध्ये प्रशासन शाखा तर्फ ७४ जना, शिक्षा शाखा तर्फ ११ जना, कृषि र पशु सेवा शाखा तर्फ १०/१० जनाको दरबन्दी छ ।

यसै गरी स्वास्थ्य शाखा तर्फ ७५, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा तर्फ १ र इन्जिनियरिङ शाखा तर्फ १३ जना अधिकृतको दरबन्दी रहेको छ ।

जिल्लाभरका स्थानीय तहको अधिकृत स्तरमा सबैभन्दा धेरै इन्जिनियरिङ शाखामा पद रिक्त रहेको छ । जिल्लाभर १३ जना इन्जिनियरको दरबन्दी हुँदा एक जना मात्रै स्थायी रहेका छन् ।

रिक्त १२ मध्ये ४ जना करार सेवामा ल्याइएको छ । जिल्लाभर शिक्षा शाखामा ७, कृषि शाखा र पशु विकास शाखामा ८/८, स्वास्थ्य शाखामा ३८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा १ जना अधिकृतको पद रिक्त रहेको छ ।

जिल्लामा सहायक स्तरका कर्मचारीको कुल दरबन्दी ७८८ रहेकोमा हाल ४१० पदमा मात्रै स्थायी पदपूर्ति गरिएको छ । ३७८ पद रिक्त रहेकोमा २४६ पद करार सेवाबाट पूर्ति गरिएको छ । सहायक स्तरका कर्मचारी मध्ये प्रशासन तर्फ ३३० दरबन्दी रहेकोमा १६६ मात्रै स्थायी पदपूर्ति भएको छ ।

रिक्त १६४ मध्ये ९० पद करार सेवाबाट पूर्ति गरिएको छ । यसै गरी शिक्षा शाखा तर्फ १० मध्ये ९ पदमा स्थायी पदपूर्ति हुँदा एउटा पद रिक्त छ । कृषि शाखामा ३९ मध्ये १५ पद स्थायी पदपूर्ति हुँदा २४ पद रिक्त रहेको छ । रिक्त पद मध्ये ११ पद करार सेवाबाट पूर्ति गरिएको छ ।

पशु सेवा शाखातर्फ ४५ दरबन्दी रहेकोमा १७ पद स्थायी पूर्ति गरिदा २८ पद रिक्त रहेको छ । रिक्त पद मध्ये १४ पद करार सेवाद्वारा पूर्ति गरिएको छ । स्वास्थ्य शाखा तर्फ कुल २५० दरबन्दी रहेकोमा १४० वटा स्थायी पदपूर्ति भएको छ । रिक्त रहेको ११० पद मध्ये १०७ पद करार सेवाद्वारा पूर्ति गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तरगत कुल १३ सहायक तहका कर्मचारीको दरबन्दी रहेकोमा ११ पद स्थायी पूर्ति गरिदा २ पद रिक्त रहेको छ । इन्जिनियरिङ शाखा अन्तरगत १०१ सहायक कर्मचारीको दरबन्दी रहेकोमा ५२ पद स्थायी पदपूर्ति गरिएको छ । रिक्त रहेको ४९ मध्ये २४ पद करार सेवाद्वारा पूर्ति गरिएको छ ।

यसरी ठुलो सङ्ख्याको कर्मचारी अभाव हुँदा यहाँका स्थानीय तहहरूले प्रवाह गर्ने सेवाको चुस्तता र गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ । एउटै शाखाको कर्मचारीले एक भन्दा बढी शाखा हेर्ने जिम्मेवारी प्रदान गरिएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ ।

कुनै पनि शाखाको सेवा प्रवाह नरोकियोस् भनेर यस्तो गर्नुको विकल्प छैन, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भने । जिल्लामा कर्मचारी नबस्ने समस्या रहँदै आएको छ ।

यस्तो समस्या जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले समेत भोग्दै आएको छ । रोल्पा नगरपालिकाले लामो समय पछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पाएको थियो ।

अघिल्लो आर्थिक वर्षको पछिल्लो करिब ६ महिनाको बिचमा ४ जना प्रमुख प्रशासकीय अधिकृतको फेरबदल हुँदा कार्यसम्पादन प्रभावित भएको थियो रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ती भन्छन् ।

प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहँदा नगरपालिकाले सास्ती भोगेको थापाको भनाइ छ ।
उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा त्यस्तो तहको कर्मचारी व्यवस्थापन हुन नसक्दा रोल्पा नगरपालिकाले हाल अधिकृत स्तरको कर्मचारीबाट काम चलाइरहेको छ ।

सङ्घीय सरकारको प्रतिनिधि मानिने प्रमुख प्रशासकीय अधिकृत नहुँदा हाल जिल्लाका तीन स्थानीय तहहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका र लुंग्री गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका हुख प्रशासकीय अधिकृतहरू स्वास्थ्य शाखा तर्फका कर्मचारी हुन ।

त्रिवेणी गाउँपालिको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर बुढामगर, लुंग्री गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकी र माडी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद गौतमलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

रोल्पा पोस्टिङ भएर आएका कर्मचारीहरू सरुवा भएर अन्य जिल्लामा जाने प्रवृद्धी रहेकाले रोल्पामा कर्मचारी टिकाउन निकै चुनौतीपूर्ण छ रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्काले भने ।

कर्मचारी कम हुँदा प्राविधिक क्षेत्रका कर्मचारीहरू प्रशासनिक काम गर्न बाध्य छन् खड्काले भने । ७२ वडा रहेको रोल्पाका अधिकांश वडा कार्यालयमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, पशु सेवा जस्ता प्राविधिक क्षेत्रका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

कर्मचारीको अभावमा हुने कार्यसम्पादन छिटो छरितो र चुस्त नहुने त छदै छ गुणस्तरीय पनि हुँदैन । एउटा शाखाको कर्मचारीले अर्को शाखाको काम गर्दै कैयौँ प्राविधिक, कानुनी तथा व्यवहारिक समस्या आउन सक्छन् रोल्पाका नागरिक अगुवा तीर्था आचार्यले भनिने ।

स्वास्थ्य, इन्जिनियरिङ जस्ता प्राविधिक कर्मचारीहरूले प्रशासनिक काम गर्दै ती कामको गुणस्तर कस्तो हुँदो हो आचार्यले प्रश्न गरिन । काम सक्ने कुरा मात्र हैन त्यसले दिने गुणस्तर र दीर्घकालीन असरको बारेमा पनि गम्भीर हुन जरुरी रहेको आचार्यको सुझाव छ ।

ठुलो मेहनत गरेर प्राविधिक विषयमा दक्खल भएका व्यक्तिहरू प्रशासनमा बसेर टेबल वर्क गर्दा उनीहरूले प्रवाह गर्ने प्राविधिक सेवा कसले प्रदान गर्छ आचार्यले प्रश्न गरिन ।

पंचायतकाल र बहुदल कालमा कर्मचारीको समस्या झेल्दै आएको रोल्पाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक कालमा समेत सोही समस्या झेल्नु सामान्य विषय नभएको स्थानीयहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?