Butwal Today

महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

बङ्गलादेशमा सम्पन्न २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेलेर नेपाली महिला टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले टोलीलाई स्वागत गरेका हुन्।

प्रतियोगितामा नेपाल उपविजेता बनेको हो। हिजो सम्पन्न अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै बङ्गलादेशले लगातार पाँचौं पटक उपाधि जित्यो। नेपालले भने तेस्रो पटक उपविजेतामा चित्त बुझायो।

चार देश सहभागी डबल राउन्ड रोबिन आधारमा भएको प्रतियोगितामा नेपालले श्रीलङ्का र भूटानलाई दुई–दुई पटक पराजित गर्‍यो। यद्यपि, बङ्गलादेशसँग खेलेका दुवै खेलमा नेपाल पराजित भयो — पहिलो खेलमा ३–२ ले र अन्तिम खेलमा ४–० ले।