ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

हुनै सकेनन् सार्वजनिक सुनुवाई

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

गुल्मी, ६ साउन ।

प्रत्येक चौमासिकमा स्थानीय तहले प्रवाह गरेका सेवाका बारेमा सार्वजनिक सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान छ ।तर गुल्मीको इस्मा गाउँपालिकामा यो संवैधानिक अभ्यास निरन्तर उपेक्षित हुँदै आएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको तीन वर्ष पुगिसक्दा समेत एकपटक पनि सार्वजनिक सुनुवाइ आयोजना नगरिनु, कानुनी दायित्वको खुलेआम उल्लंघन भएको त्यहाँका स्थानीयहरुले बताउँदै आएका छन् ।

नेकपा एमालेका अगुवा नेता राजेन्द्रविक्रम कुँवर भन्छन्, “स्थानीय सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने हो, तर इस्मामा जनताको आवाज सुनिनुको सट्टा त्यसबाट लुक्ने प्रवृत्ति बढ्दै गएको छ” ।
उनले बारम्बार सार्वजनिक सुनुवाइको माग गरिए पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । “गुनासा सुन्ने आँट नभएको सरकार लज्जास्पद हुन्छ,” उनले थपे ।

यसैगरी, नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले पनि इस्मा गाउँपालिकाको व्यवहार सुशासन र जवाफदेहिताको विपरीत रहेको ठहर गरे । “सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र नागरिक सहभागितालाई कानुनी रूपमा सुनिश्चित गरिएको छ,” उनले भने, “यस्ता अभ्यासबाट भाग्नु कानुन र लोकतान्त्रिक मूल्यप्रति बेइमानी गर्नु हो ।”

अन्य स्थानीय सरकार र सामाजिक सेवा प्रदायक कार्यालयले गरेका सार्वजनिक सुनुवाइ पनि न्यून उपस्थितीमा प्रभावकारी नभइ नामका मात्रै हुने गरेकाले त्यसलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले गत आर्थिक वर्षमा कुनै पनि सार्वजनिक सुनुवाइ हुन नसकेको स्वीकार गरेका छन । “चालु आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राख्दै सुनुवाइ आयोजना गर्ने तयारीमा छौं,” उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि स्थानीय तहहरुले सार्वजनिक सुनुवाइ नगरेर जनताबाट भाग्न नमिल्ने स्पष्ट पारेका छन। आफूहरुले गरेका कार्यहरु जनतामाझ लैजाने र गल्तीहरु सच्याउने माध्यम पनि भएकाले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?