Butwal Today

सुनको भाउमा उच्च वृद्धि, एकैदिन तोलामा १८ सय रुपैयाँले महँगियो

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाण्डौ, ६ साउन ।

नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको मूल्य तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । मूल्यमा आएको यो एकैदिनको तीव्र उकालोले बजारमा तरंग ल्याएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य २ हजार २८५ रुपैयाँ रहेको थियो ।

विश्व बजारमा भइरहेको उतारचढाव, अमेरिकी डलरको दर, तथा माग र आपूर्तिको सन्तुलनजस्ता कारणले सुनचाँदीको मूल्यमा यस्ता परिवर्तन आएको व्यवसायीहरूको भनाइ छ ।