ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

रुपन्देहीमा बुटवल, तिलोत्तमा र सैनामैनामा कोरा

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

बुटवल, १ साउन । पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिदै आएको पर्यटन प्रवद्र्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो ।

मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुक बहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताए । ‘रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उदेश्य समेत रहेको छ ।’– उनले भने ।

नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले खेलकुद र पर्यटन प्रवद्र्धनमा साईक्लिङको महत्व रहेको बताए । तिब्बती शब्द ‘कोरा’ को शाब्दिक अर्थ पवित्र यात्राको क्रममा घुम्ने, परिक्रमा गर्ने बुझाउने भन्दै उनले पवित्र उदेश्यका साथ विश्वभर नै साइक्लिङ गरिदै आएको बताए । यसवर्ष एक सय बढी साइक्लिष्ट सहभागी हुने बुटवल कोराको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव राजु तिवारीले बताए । करीब डेढ लाख खर्च हुने कार्यक्रमलाई मणिमुकुन्द कलेजबाट मुख्य सहित विभिन्न दाताहरुबाट सहयोग मिलेको उनले बताए ।

यता तिलोत्तमा नगरपालिकामा पनि पहिलोपटक कोराको तयारी अन्तिम चरणमा पुगेको विहिबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि आयोजक तिलोत्तमा राईडर्सले जनाएको छ । तिलोत्तमा राईडर्सको आयोजनामा प्रथम तिलोत्तमा कोरा २०२५ हुन लागेको हो । तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले तिलोत्तमा क्षेत्रका पर्यटकिय गतिविधिलाई समेटेर करीब ५० किलोमिटर दुरीको कार्यक्रम गर्न लागेको बताए । पहिलो पटक आयोजना हुने कार्यक्रममा ११० जना राईडरहरु दर्ता भएको उनले बताए । यसैगरि मंसिरमा समेत खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए ।

सैनामैना क्षेत्रको पर्यटकिय क्षेत्रहरुलाई प्रचार गर्ने गरि कोरा गर्न लागेको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए । सातौ संस्करणको कोरा यसपटक पनि ६० किलोमिटर हुने उनले बताए । निशुल्क दर्ता हुने कार्यक्रममा करीब २८० जना साईक्लिष्ट दर्ता भएको उनले बताए । कोरामार्फत सैनामैनाको धार्मिक, सास्कृतिक पर्यटन प्रवद्र्धनका कार्य समेत हुने उनले बताए । कोराको मुल मर्म अनुसार कार्यक्रम गरि सामाजिक क्षेत्रमा योगदान गर्दै आएको उनले बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

रुपन्देहीसहित पाल्पा र बाकेमा समेत कोरा आयोजना हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?