काठमाडौं ।
नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (NSPL) का लागि टिम दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिगको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

टिम दर्ताका लागि इच्छुक कम्पनीहरूले अनलाइन वा [email protected] मा इमेल गरेर फारम लिन सक्नेछन्। टिमको छनोट ब्रिडिङ प्रणाली मार्फत हुनेछ।
प्रति टिम रु. ५०,००० दर्ता शुल्क निर्धारण गरिएको छ, जुन अफेर (फिर्ता नहुने) हुनेछ। दर्ताको म्याद साउन १ देखि १५ गते (जुलाई १७–३१) सम्म कायम हुनेछ।
दर्ताका लागि कम्पनी नेपालमा विधिवत् दर्ता भएको, कर चुक्ता प्रमाणपत्र भएको र सफा कारोबारी रेकर्ड भएको हुनुपर्नेछ। साथै, अन्तर्राष्ट्रिय कम्पनीहरूले फ्रेन्चाइज लिन चाहेमा नेपाली कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ। लिगले नयाँ संरचना र मनोरञ्जनात्मक क्रिकेट शैलीमार्फत नेपाली क्रिकेटप्रेमीलाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।



