© २०२३
काठमाडौं ।
साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशको ढाका स्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा जारी खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै ४–० को सशक्त अग्रता बनाएको छ।
नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले एक–एक गोल गरेकी छन्, भने चौथो गोल आत्मघाती रूपमा श्रीलंकाका डिफेन्डरमार्फत भएको हो।
खेलको १५औं मिनेटमा पूर्णिमाले ट्याप-इन गोल गर्दै अग्रता दिलाएकी थिइन्। ३५औं मिनेटमा कुसुम खतिवडाले गोल गरेपछि नेपालको अग्रता दोब्बर भयो। त्यसपछि ४३औं मिनेटमा सरिता नाथले फ्रिकिकबाट उत्कृष्ट गोल गरिन्।
४५औं मिनेटमा कुसुमको प्रहार श्रीलंकाली डिफेन्डरमा लागेर डिफ्लेक्ट हुँदै जाँदा आत्मघाती गोलका रूपमा परिणत भयो र नेपालले पहिलो हाफमै ४–० को बलियो अग्रता बनायो।
यसअघि पहिलो भेटमा पनि नेपालले श्रीलंकामाथि ७–० को शानदार जित निकालेको थियो, जसले नेपाललाई प्रतियोगितामा बलियो दाबेदारको रूपमा पुष्टि गरिरहेको छ।