ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सायुगा नगरलाई पर्यटकीय गन्तव्य बनाइने

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

नवलपरासी, ०१ साउन ।

प्राचीन कलियो गणराज्य भित्रको महत्त्वपूर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग वाणिज्य सङ्घले पर्यटकीय गन्तव्य बनाउनमा साँचो व्यक्त गरेको छ । जिल्लाको सरावल गाउँपालिका ३ सरावल र जनकपुर गाउँको बिचमा अवस्थित उक्त स्थल बुद्ध भूमिसँग जोडिएको हुँदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्य बनाउनु पर्ने टोलीले चासो ब्यक्त गरेका हुन् ।

सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिथपसँग जोडेर यो स्थानलाई बुद्ध भूमि चिनाउनमा गाउँपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि सङ्घले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा लाग्ने बताएका थिए । बौद्धकालीन (सरावल गाउँ) नामले चिनिने सम्भावित प्राचीन नगर भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलेले उक्त स्थान नै सायुगा नगर भएको घोषणा समेत गरेर संरक्षण समेत गर्ने कार्यको शुभारम्भ गरेका थिए । तर पुरातात्त्विक अनुसन्धान नभएका कारण अहिले अन्य पूर्वाधार बनाउन सकेको छैन ।

अहिले पनि बुद्ध स्थलहरूको पहिचान सहितको पुस्तक नै प्रकाशित गरी पहिचान गराउने कार्य भई रहेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । लुम्बिनी प्रदेशको यो सायुगा जुन स्थानमा भगवान् गौतम बुद्ध र उनका अग्र सेवक आनन्द आएको स्थान हो । सायुगा या सापुगा नगर कलियो गणराज्यको एउटा समृद्ध र घना बस्ती भएको ब्यवासयिक नगर थियो । एक पटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगुंतर निकायबाट यसको पहिचान हुन्छ ।

बौद्ध परम्परामा चित्तको शुद्धि प्रमुख साध्य हो । त्यो क्रमिक अभ्यासबाट सम्भव हुन्छ । बोधिसत्त्वले मन, वचन र कर्मको शुद्धिका लागि पुण्य र ज्ञानको सञ्चय गर्दछन् । जब पुण्य र ज्ञानको चरम सञ्चय हुन्छ, तब बोधिसत्त्व बुद्ध बन्छन् । पुण्य र ज्ञानको सम्भारका लागि पार मिताको अभ्यास गरिन्छ । यसले शील, समाधि र प्रज्ञाको सोपानमा आरोहण गर्न सहज बनाउँछ । साधनाको लक्ष्य हो, आधारभूत तहबाट धेरै परसम्म वा गहिराइसम्म पुग्नु । त्यसैले दुःखबाट पर लाने केही खास क्षेत्रलाई पारमिता भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?