© २०२३
बुटवल, असार ३१ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० हंगेरीको दोस्रो महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
हंगेरीको बुडापेस्टमा सम्पन्न महाधिवेशनले आगामी कार्यकाल सन् २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा नारायण प्रसाद भण्डारी, वरिष्ठ उपाध्यक्ष डा। राम रोक्का, उपाध्यक्ष अशोक लकान्द्री, महासचिवमा सञ्जय कार्की, सचिवमा राजन प्रसाद तिमल्सिना, कोषाध्यक्षमा लीलाधर भण्डारी, सह–कोषाध्यक्षमा जीवन कामी, महिला संयोजकमा सुनिता बस्नेत रोक्का, युवा संयोजक विनोद बाबु कडायत चयन भएका छन् भने सदस्यहरुमा हिरा दमाई, बाल मुकुन्द भण्डारी, बिरेन्द्र थापा, विकास बज्राचार्यलगायत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशनमा ९आइसिसी० सचिव भीम कमल केसीले आप्रवासी नेपालीहरूको हकहित, संस्कृति संरक्षण र नेपाल–हंगेरी सम्बन्ध सुदृढ गर्न ९एनआरएनए० को भूमिका महत्वपूर्ण हुने बताए ।
झण्डै १०० जना सहभागी कार्यक्रममा स्थानीय कलाकार आकाश धैजु को “जसो गर जे गर जतासुकै लैजाउ मलाई‘” गीतले माहोल रमाइलो बनाएको थियो।