काठमाडौं ।
दक्षिण भारतीय सिनेमाकी प्रसिद्ध अभिनेत्री सरोजा देवीको ८७ वर्षको उमेरमा निधन भएको छ। बुढ्यौलीका कारण उत्पन्न शारीरिक समस्याले गर्दा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् १९५५ मा ‘महाकवि कालिदास’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी उनले ७० वर्षको करियरमा २०० भन्दा बढी फिल्ममा काम गरिन्। हिन्दी र दक्षिण भारतीय फिल्म दुवै क्षेत्रमा लोकप्रिय रहेकी उनले दिलीप कुमारसँग ‘पैगम’ लगायत थुप्रै बलिउड फिल्महरूमा अभिनय गरेकी थिइन्।
भारतीय सिनेमामा अतुलनीय योगदानका लागि उनलाई पद्मश्री र पद्मभूषण जस्ता उच्च राष्ट्रिय सम्मानले सम्मानित गरिएको थियो। उनकाे निधनसँगै भारतीय सिनेमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ।



