Butwal Today

टी–२० विश्वकप छनोटका लागि क्यानद्वारा ३२ खेलाडीको बन्द प्रशिक्षण टोली घोषणा

२९ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

 नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपको एसिया र इष्ट एसिया–प्यासिफिक छनोटका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

आइतबार जारी विज्ञप्तिमा, क्यानले प्रारम्भिक क्याम्पमा समेटिएका खेलाडीको नाम सार्वजनिक गर्दै प्रशिक्षण प्रक्रियालाई तीव्र बनाउने बताएको छ।

लामो समयपछि म्याच फिक्सिङको आरोपबाट सफाइ पाएका मोहम्मद आदिल आलमको पनि टोलीमा पुनरागमन भएको छ। उनलाई अदालतबाट निर्दोष प्रमाणित गरेपछि क्यानले प्रतिबन्ध हटाएको हो।

 बन्द प्रशिक्षण टोलीमा परेका खेलाडीहरू:

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ती, युवराज खत्री, कमल सिंह ऐरि, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।