ट्रेंडिंग:

>> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

अर्घाखाँची, २७ असार ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै अर्घाखाँची जिल्लामा हस्ताक्षर अभियान सञ्चालन भएको छ ।

नेकपा एमालेका निलम्बित सचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० बैशाख ३१ गतेका दिन प्रकाउ परेपछि जेलमै छन् । हस्ताक्षर अभियानको अगुवाई भने एमालेले नगरी स्थानीय युवाहरुले सन्धिखर्ककाे बसपार्कबाट सुरू गरेका छन् । उनीहरुले एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो समय रायमाझीलाई प्रतिशोधकै कारण राखिएको दावी उनीहरुको छ ।

शुक्रबार अर्घाखाँचीको सदरमुकाम बसपार्क र शुक्रबारे हाटबजारबाट हस्ताक्षर अभियान थालिएको र यसको नेतृत्व कुनै पार्टीले नगरेको दिपेन्द्र पौडेलले जानकारी दिए ।

हाटबजारमा पुगेका दिपेन्द्र भन्छन् ‘मैले त्यो अभियान देखेको हुँ, त्यहाँ कुनै दलविशेषका व्यक्तिहरुले अगुवाई गरेका छैनन् तर स्थानीयहरु आफै पुगेर हस्ताक्षर गरेको अवस्था छ’ उनले भने ।

यो मुद्दामा मुद्दा दर्ता भएलगत्तै एमालेले उनलाई सचिवबाट निलम्बन गरेको छ भने प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन् । सांसद बिहिन अर्घाखाँची जिल्ला भएको छ । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले अदालतमा विचाराधीन विषयलाई पार्टीले हस्ताक्षर अभियान चलाउने विषय नभएको र नगरेको बताए ।

‘हस्ताक्षर गरेर अदालतले छाड्ने विषय होइन त्यसमा हामी क्लियर छौं, न्यायिक प्रकरणमा त्यसको टुंगो अदालतले नै लगाउने हो’ उनले भने । जिल्लाबाट भेट्न जानेहरुलाई रायमाझीले आफ्नो रिहाईको लागि एमालेले पहल नगरेको र माओवादीले जसरी पनि भित्रै राख्ने अभियानमा रहेको गुनासो गरिरहेका विषय बाहिर आएको थियो ।  अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?