Butwal Today

राष्ट्रिय यु–२० महिला फुटबल टोलीलाई बिदाई

२४ असार २०८२, मंगलवार
अ+
अ-

बुटवल, २४ असार । साफ यु–२० महिला च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीलाई बिदाई कार्यक्रम गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा मंगलबार एक समारोहका बिच बंगलादेश जाने नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीको बिदाई गरिएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरन राई, एन्फा प्रवक्ता सुरेश साहले टोलीको बिदाई गरे ।

यही जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान र श्रीलंका सहभागी हुनेछन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।