ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

एसईई नतिजा: उत्सव, अपेक्षा र यथार्थ

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

नेपालको माध्यमिक शिक्षा प्रणालीको एउटा निर्णायक खुड्किलोका रूपमा रहेको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा यस वर्ष पनि सार्वजनिक भइसकेको छ । एसईई नतिजाले हरेक वर्ष झैं विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक संस्था, सञ्चारमाध्यम र सम्पूर्ण समाजमा व्यापक चासो सिर्जना गरेको छ । यसपटक पनि उत्सव, अपेक्षा र यथार्थबीचको सङ्गमका रूपमा यो नतिजा प्रस्तुत भएको छ । एसईईको नतिजालाई शैक्षिक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समग्र रूपमा विश्लेषण गरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्षको एसईईमा उत्तीर्ण दर अघिल्ला वर्षहरूभन्दा थोरै सुधारिएको छ । समग्रमा कूल परीक्षार्थीमध्ये ९१ प्रतिशतले परीक्षा उत्तीर्ण गरेका छन् ।

जीपीए ३.६० भन्दा माथि ल्याउने विद्यार्थीको संख्या उल्लेख्य रहेको छ । थुप्रै निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूले उच्च प्रदर्शन गरेका छन् । कतिपय विद्यालयका तर्फबाट शत प्रतिशत नतिजा आएको छ भने केही ग्रामीण क्षेत्रका विद्यालयहरूले पनि सन्तोषजनक प्रदर्शन गरेका छन् । यसले शैक्षिक पहुँच र गुणस्तर विस्तार हुँदै गएको संकेत दिएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरूमा यति बेला उत्सवको माहोल छ । विद्यालयका प्राङ्गणहरूमा बधाईका कार्यक्रमहरू भइरहेका छन् । सामाजिक सञ्जालहरू एसईई पासका बधाई सन्देशहरूले भरिएका छन् । शिक्षण संस्था र शिक्षकहरूका लागि पनि यो उपलब्धि गौरवको विषय हो ।

विद्यालयको उत्कृष्ट नतिजा केवल शिक्षकहरूको मेहनत होइन, संस्थागत योजना, समयपालन, व्यवस्थापन र अभिभावकको सहभागिताको परिणाम हो । विद्यार्थीको उज्ज्वल भविष्यको संकेतको रूपमा हेरिने एसईई नतिजाले उच्च शिक्षामा पाइला टेक्न सक्ने अवसरहरू सिर्जना गर्छ । कतिपयले विज्ञान, व्यवस्थापन, मानविकी, प्राविधिक वा व्यावसायिक शिक्षा रोज्नेछन् । यस अर्थमा, एसईई केवल विद्यालयीय शिक्षाको अन्त्य होइन, जीवनको नयाँ अध्यायको सुरुवात पनि हो । तर, हरेक विद्यार्थीको अनुभव एउटै हुँदैन । सबैको नतिजा उत्सव गर्न लायक नहुन सक्छ । कसैको जीपीए घटेको छ भने कसैले चाहेको सफलता प्राप्त गर्न सकेका छैनन् ।

यस्ता अवस्थाहरूमा निराश हुनु स्वाभाविक भए पनि हतोत्साहित हुनु अनुचित हुन्छ । परीक्षा एक सीमित मूल्याङ्कन प्रणाली हो । यसले कुनैपनि व्यक्तिको क्षमता, सिर्जनशीलता वा जीवन दृष्टिकोणलाई पूर्णरूपमा नाप्न सक्दैन । जीवन एउटा दीर्घकालीन यात्रा हो जहाँ एउटै नतिजाले सम्पूर्ण भविष्य तय गर्दैन । सकारात्मक दृष्टिकोण अपनाउने हो भने कमजोर नतिजा पनि एउटा पाठशालाजस्तै बन्न सक्छ । कहाँ गल्ती भयो, के कमजोरी भयो भनेर आत्मसमीक्षा गर्नु, सुधारको उपाय सोच्नु, र भविष्यमा अझ सशक्त भएर अघि बढ्नु—यही हो जीवनको सही शिक्षा ।

पछिल्ला केही वर्षमा एसईई नतिजासँग जोडिएर सहर बजारमा रथारोहण, विजय जुलुस, माइक र डीजे साउण्डसहितको सार्वजनिक प्रदर्शन गर्ने प्रवृत्ति बढ्दो छ । यसले समाजमा सकारात्मक सन्देशभन्दा बढी प्रश्नचिन्ह र असमानताको अनुभूति छाडिरहेको छ । नतिजाको तामझामले अरू विद्यार्थीमा अनावश्यक दबाब दिन्छ । म पनि यस्तो गरौं, “म पनि यति अंक ल्याउनैपर्छ भन्ने भावना बालमनोविज्ञानमा गहिरो असर पार्दछ । परीक्षा जीवनको एउटा छोटो प्रक्रिया हो, तर यसलाई जीवन–मरणको संघर्षझैं बनाइँदा डर र तनावको चक्र बनिन्छ ।

परीक्षा व्यक्तिको क्षमता परीक्षण गर्ने माध्यम हो, प्रतिष्ठाको होइन । तर समाजमा अझै पनि ‘अमुकको छोरो टप गरेछ’, ’फलानाको छोरीको कम अंक आएछ’ जस्ता तुलना गरिन्छ । यस्ता तुलना र टिप्पणीहरूले विद्यार्थीको आत्मबल कमजोर पार्छन् । विजय जुलुस, तामझामका रथ, साउण्ड सिस्टम आदिमा लाखौं रूपैयाँ खर्च हुनेगर्छ । सबै परिवार वा विद्यालयसँग यस्तो गर्न सक्ने आर्थिक हैसियत हुँदैन । यस्तो तामझामले ‘जो नगर्दैन, ऊ असफल’ भन्ने सन्देश दिन्छ, जुन खतरनाक सोच हो । शिक्षा भनेको केवल परीक्षा पास गर्नु होइन; यो त जीवन जिउने तरिका सिकाउने प्रक्रिया हो । यसकारण परीक्षा पासको खुसी बाँड्दा पनि यसको मर्यादा र औचित्य कायम राख्नु आवश्यक हुन्छ ।

विद्यार्थीको सफलता परिवार र विद्यालयको गर्वको विषय हो । तर त्यो गर्व सार्वजनिक प्रदर्शनभन्दा पनि आन्तरिक उत्सवमा व्यक्त गर्नुपर्छ । विद्यालयमा अभिभावक र विद्यार्थीहरूबीच बधाई आदान–प्रदान गर्नु, अनुभवहरू बाँड्नु, शिक्षकको सल्लाह सुन्नु र भविष्यको योजना बनाउनु यी नै सफलताको असली मूल्याङ्कन हुन् । आजको समाजले परीक्षा नतिजालाई अति ठूलो सामाजिक घटना बनाएको छ । मिडियामा टप गर्नेलाई मात्र स्थान दिइन्छ; कमजोर नतिजा ल्याउने विद्यार्थीको संघर्षबारे चर्चा हुँदैन ।

हामीले अब प्रश्न उठाउनु पर्छः
– के एउटा परीक्षा नतिजाले मानिसको मूल्य निर्धारण गर्छ ?
– के समाजले सबै विद्यार्थीलाई बराबरी सम्मान दिन सक्छ ?
– के हामी शिक्षा प्रणालीलाई अझ समावेशी, सीपकेन्द्रित र मनोवैज्ञानिक रूपमा स्वस्थ बनाउन सक्छ ?

अवको दिनमा शिक्षा प्रणालीको मेरुदण्ड शिक्षक भएकाले, शिक्षामा गुणस्तर सुधारका लागि शिक्षकहरूको विषयगत दक्षता र मूल्याङ्कन सम्बन्धी सिपको नियमित सुदृढीकरण अपरिहार्य छ । यसका लागि नीति तहबाट शिक्षक प्रशिक्षणलाई अनिवार्य, सुलभ र व्यावसायिक बनाउनुका साथै मूल्याङ्कन प्रणालीमा शिक्षकहरूको भूमिकालाई पारदर्शी बनाउनु जरुरी देखिएको छ । साथै, शिक्षकहरूको पनि स्वतन्त्र मूल्यांकन प्रणाली निर्माण गरी उनीहरूको जिम्मेवारी, प्रेरणा र सुधारको दिशा सुनिश्चित गरिनुपर्छ ।

यस्तै, वर्तमान पाठ्यक्रमलाई २१ औं शताब्दीको आवश्यकतालाई सम्बोधन गर्न सक्षम बनाउनु अत्यावश्यक छ । जसमा जीवन उपयोगी सिप, सूचना प्रविधि साक्षरता, नागरिक शिक्षा, उद्यमशीलता, स्थानीय ज्ञान र संस्कृतिको समावेश हुने संयोजन हुनु आजको आवश्यकता हो । साथै, सबै विद्यार्थी शैक्षिक मार्गमा एकनिष्ठ हुँदैनन् भन्ने यथार्थलाई स्वीकार्दै शिक्षा प्रणालीलाई बहुआयामिक बनाउनु आवश्यक छ । प्राविधिक तथा व्यावसायिक शिक्षा, सिप, आधारित तालिम र रुचि अनुसारको वैकल्पिक मूल्याङ्कन प्रणालीलाई सशक्त रूपमा विस्तार गर्नुपर्छ । यसले शिक्षालाई रोजगारी, स्वावलम्बन र जीवन सिपसँग जोड्न सहयोग गर्छ । त्यस्तै, शिक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य छ । अभिभावकहरू शिक्षामा प्रत्यक्ष सरोकारवाला हुन् भन्ने चेतना विस्तार गर्न र विद्यालयले समुदायसँग पारदर्शी सम्बन्ध कायम गर्नुपर्ने छ ।

अन्ततः, गुणस्तरीय र समावेशी शिक्षा एकल संस्थाको होइन, सम्पूर्ण समाजको साझा उत्तरदायित्व हो भन्ने भावना विकास गर्नु दीर्घकालीन सुधारको आधार बन्न सक्छ । एसइई परीक्षाको नतिजा केवल विद्यार्थीको शैक्षिक उपलब्धिमा सीमित हुनुहुँदैन भन्ने मत पनि छ । यो अभिभावक, विद्यालय समुदाय र समग्र समाजको सोच निर्माणमा गहिरो प्रभाव पार्ने संवेदनशील अंग बन्न पुगेको छ ।

उच्च नतिजा हासिल गर्ने विद्यार्थीलाई बुद्धिमान र कम अंक ल्याउनेलाई कमजोेर भन्ने संस्कारयुक्त वर्गीकरणले व्यक्तिको आत्मसम्मानमा गहिरो चोट पु¥याउनुका साथै भविष्यप्रतिको आत्मविश्वास र संकल्पलाई कमजोर पार्ने काम गर्ने भएकोले यो विषयमा ध्यान दिनु आवश्यक छ । यसरी शिक्षा मूल्यांकनलाई सामाजिक प्रतिष्ठा र मूल्यको आधारमा हेर्ने प्रवृत्तिले गहिरो मनोवैज्ञानिक दबाब सिर्जना गर्नुका साथै अवसरको असमान वितरणलाई प्रोत्साहन गरेको छ । त्यस्तै नीजि विद्यालयहरूमा तुलनात्मक रूपमा उच्च नतिजा आउने र सरकारी विद्यालयहरूमा कमजोर प्रदर्शन देखिने विगतको प्रवृत्तिले तोडिएको छ । यो अत्यन्त खुसीको कुरा हो ।

तपाईंको मूल्य अंकभन्दा माथि छ । आत्मविश्वास, मेहनत, ईमानदारी र दृढ इच्छाशक्ति नै तपाईंको वास्तविक सम्पत्ति हो । तपाईँका सन्तानले जे जति गरे, त्यसमा सन्तोष मान्नुहोस् । उनीहरूको यात्रा भर्खर शुरू भएको छ । केवल टपर्स उत्पादन गर्नु मात्र होइन, उत्कृष्ट नागरिक उत्पादन गर्ने लक्ष्य राखौं । शिक्षा केवल प्रतिस्पर्धा होइन, सहकार्य, सशक्तिकरण र समान अवसर हो । , एसईई नतिजा केवल शैक्षिक दृष्टिकोणले हेर्नुपर्ने विषय मात्र होइन, यसको सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छन् । एसईई नतिजाको मूल्याङ्कन गर्दा हामीले केवल अङ्क होइन, त्यस पछाडिको कथा, प्रयास, चुनौती र सन्देशहरूलाई पनि गम्भीरतापूर्वक बुझ्नुपर्छ । सफलता मनाउनु पर्छ तर त्यसको शैली संयमित, अर्थपूर्ण र समावेशी हुनुपर्छ । हाम्रा विद्यार्थीहरूलाई आत्मबल, सहिष्णुता, प्रयास र भविष्यप्रतिको सकारात्मक दृष्टिकोण सिकाउन सक्नु नै सच्चा शिक्षाको उपलव्धि हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?