ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

लैगिक हिंसाका नीति नियम कार्यान्वयनमा समस्या देखिएका छन्

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०७९ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसार भरी मनाइँदै छ । नेपालमा पनि यस वर्ष सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा सन् १९९१ देखि सुरु भएको अभियान नेपालमा वि.स. २०५४ साल देखि मनाउन थालिएको हो । प्रत्येक वर्ष मनाइने अभियानले कसरी समाजलाई जोडेको छ । प्रस्तुत छ, हिंसा विरुद्धको अभियानका बारेमा बुटवल टुडेले महिला अधिकारकर्मी सुमित्रा शर्मासँग गरेको कुराकानीः प्रस्तुतिः

हिंसा विरुद्धको अभियान मनाउन किन जरुरी छ ?

लैगिक हिंसा अन्त्यका लागि धेरै प्रयासहरु भईरहेका छन् । त्यसका लागि विभिन्न संघ संस्थाहरुले काम गरिरहेका छन् । अझै पनि त्यसलाई दवाव दिनका लागि विशेष दिनको रुपमा यो दिवस मनाईएको हो । हाम्रो समाज महिलालाई मात्रै नभएर पुरुषलाई पनि हिंसा भएका छन् । तर पनि हिंसा धेरै महिलालाई हुने गरेको तथ्यांकमा भेटाउन सकिन्छ । यो वा त्यो वहानामा महिला माथि विभिन्न खालका हिंसा हुने गरेका छन् । गाँउ वा शहर, शिक्षित वर्गमा पनि हिंसा हुने गरेका धेरै घटनाहरु छन् । हामी र हाम्रो समाज पितृसत्तात्मक समाजमा हुर्किएको छ जहाँ महिलाको अस्तित्व स्वीकार्न सकिएको छैन । यो अवस्थाको अन्त्यका लागि यो दिवस मनाइएको छ ।

अभियानले हिंसामा परेकाहरुलाई समेट्न सकेको छ त ?

सबै संघसंस्थाहरुले समेट्ने प्रयास गरेका छन् । सकेसम्म पिडामा परेकाहरुका लागि नै काम गर्ने हो, पहिलो कुरा त हिंसा हुन नै हुन नदिने भन्ने हो । तर पनि हाम्रो समाजमा जुन सुकै बहाना हिंसा भईरहेका छन् । हामीले हिंसामा परेकाहरुलाई त्यहाँबाट कसरी उनीहरुको उद्दार गर्न सक्छौ भन्ने विषयमा पनि काम गरेका छौ । यहाँ पहिलो कुरा त शिक्षित महिलाहरु दोहोरो कामको मारमा परेका छन् । जसरी महिलाहरुले आफुलाई परिवर्तन गरेर आयआर्जनसँग जोडेर आत्मनिर्भर हुन सकेका छन् तर त्यही रुपमा पुरुषहरु परिवर्तन हुन सकका छैेनन् । महिलाहरु आर्थिकसँग जोडिदा पुरुषहरु भान्छा र बच्चाको स्याहारमा जोडिन सक्नुपर्छ । तर अवस्था यो छैन । हामीले वर्ष भरि नै यस्ता कामहरु ग्रिरहेका छौ ।

तर पनि यो १६ दिन भनेको अत्यन्त महत्वपूर्ण दिन हो यसलाई सरकारले पनि प्राथमिकतामा राखेर कामहरु गर्न सुरु गरेको छ । त्यो सँगै स्थानीय तहले पनि नीति नियम बनाएर काम गरेका छन् । यसलाई पनि उपलब्धि मान्न सकिन्छ । अभियानले मात्र होईन हामीले प्रत्येक दिन हिंसामा परेकाहरुलाई समस्या समाधान गर्न पहल गरिरहेका छौ । हुन त पहिले महिलाका विषयहरु संघ संस्थाहरुले मात्र गर्ने हो भन्ने भ्रम थियो । आजभोलि नागरिक समाज, निजी संघसंस्थाहरुको पनि दायित्व हो । सबैको साथ सहयोगले गर्दा अभियानले हिंसामा परेकाहरुलाई समेट्न सकेको छ जस्तो लाग्छ ।

हाम्रो समाजमा कस्ता कस्ता हिंसाहरु हुने गरेका छन् ?

हामीले काम गरिरहँदा धेरै प्रकारका हिंसा समाजमा देखिएका छन् । कतै नदेखिने तरिकाका हिंसा छन् भने कतै सबैले महसुस गर्ने खालका हिंसाहरु छन् । विशेष गरी विपन्न वर्गमा यौन हिंसा, दैनिक यातना बालविवाह जस्ता धेरै प्रकारका हिंसाहरु भेटिन्छन् त्यसमाथि पछिल्लो समयमा दलित र गैरदलितबीच हुने विवाहले ठुलो रुप दिन थालेको छ । त्यहाँ परिवारका कारण महिला र बालबालिकाहरु धेरै ंिहंसामा परेका छन् ।

यसैगरी शिक्षित सम्पन्न परिवारमा पनि यस्ता घटनाहरु देखिएका छन् । अझै पनि संरचनाले दिएको रोल अन्त्य गर्न नसक्नाले पनि समस्या थपेको छ । हामीकहाँ नीति नियम छ तर पनि धारणा र चेतना परिवर्तन गर्न नसक्दा समस्या धेरै देखिएको छ । महिला भएकै कारणले थप हिंसा सहनु पर्ने बाध्यामक अवस्था छ हामी कहाँ । त्यसमाथि पितृसत्तात्मक सोचले पनि धेरै हिंसाहरु भएका छन् यो सोच बदल्न गाह्रो छ । नीति नियम भए पनि लागु गर्न नसक्दा समस्या थपिएका छन् । हामी यस्ता घटनाहरुलाई समाधान गर्दै जाने र आउने दिनहरुका लागि खबरदारी गरिरहेका छौ । यो काममा सरकारको पनि पछिल्लो समयमा महत्वपूर्ण भूमिका देखिएको छ । यसले गर्दा काम गर्न उर्जा थपेको महसुस भएको छ । दिवसको शुरुवातमा पनि सरकारका तर्फबाट हिंसा कम गर्नका लागि बनाएका योजनाका बारेमा सबै जानकारी गराउनु पनि सकारात्मक पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?