ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बनमाराको झाडीबाट २० लाख बढीको किवी बिक्री गर्ने लक्ष्य

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

गुल्मी, असार २० ।

गुल्मीमा बनमाराले ढाकेको झाडीबाट यस वर्ष २० लाख बढीको किवी बिक्री गर्ने लक्ष्य किसानले राखेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक सिरकोटमा वर्षौदेखि बाँझीएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर पाँच सय ४० रोपनी क्षेत्रफलमा ब्यवसायीक रुपमा किवी खेती गरेका हुन् । गत वर्ष किवीबाट १२ लाख रुपियाँ आम्दामी गरेका कृषकहहरुले यस वर्ष २० लाख रुपियाँ बढीको बिक्री गर्ने लक्ष्य लिएको कृषक लक्ष्मीपति न्यौपानेले जानकारी दिए । किवी खेतीलाई ब्यवसायीक रुपमा अगाडि बढाउन र यसैबाट राम्रो आम्दामी गर्नका लागि आफूहरुले हरदम प्रयास गरेको उनको भनाइ छ ।

उक्त स्थानमा उत्पादन बढाउनका लागि जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयले ६५ हजार लिटर क्षमताको दुई वटा पोखरी निर्माण गरिदिएको छ । कार्यालय प्रमुख भरत सापकोटाका अनुसार कुल १० लाख रुपियाँको लागतमा पोखरी निर्माण गरिएको हो । किवी खेती पोखरी जल तथा पुर्नभरण कार्यक्रमबाट पोखरी निर्माण गरिएको बताउँदै यसबाट उत्पादनमा वृद्धि गर्नका लागि थप टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।

गत वर्ष सरदर प्रति किलो तीन सय रुपियाँका दरले किवी बिक्री गरेको अर्का कृषक चन्द्रकला पाण्डेले बताइन् । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उनले बताइन् । पहिले सिञ्चाइका लागि पानीको अभाव भएको बताउँदै यस वर्ष पोखरी बनेपछि उत्पादन बढ्नेमा आफूहरु ढुक्क रहेको उनको भनाइ छ । वर्षौँदेखि बाँझीएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी पाँच सय ४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपण गरी ब्यवसायीक रुपमा किवी खेती गरिएको उन्नतशिल कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले जानकारी दिए ।

पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भएपनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्येश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उनको भनाइ छ ।

आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि संभावना देखेर किवी खेती गर्ने आँट आएको यहाँका कृषकहरुले जनाएका छन् । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको कृषक गगन तरामुले बताए ।

युवाहरुलाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दामी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको संभावनाको खोजीमा लाग्न उनले सुझाब दिए । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उनको दाबी छ ।

२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?