© 2026
बुटवल, १३ असार । शुक्रबार बुटवलमा सम्पन्न युवाहरुको भेलाबाट नेपाल जिम्न्याष्टिक संघ रुपन्देही जिल्ला जिल्ला तदर्थ समिति गठन गरिएको छ । युवा ब्यवसायी लक्ष्मण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्ष गोपाल प्रसाद अधिकारी, उपाध्यक्ष कल्पना कुसुम, सचिव सुदिप वशिष्ठ, कोषाध्यक्ष जितेन्द्र खड्का, सहकोषाध्यक्ष संगिता गुरुङ तथा सदस्यहरुमा अभिषेक प्रधान, रामु भण्डारी, बिनोद महत, एलिज बाबु श्रेष्ठ, निकेश श्रेष्ठ, सम्झना श्रेष्ठ रहेका छन । बाकी ३ जना सदस्यहरु मनोनित गरिने नवनिर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले खेल विकासमा संघहरुको योगदानको चर्चा गर्दै समितिबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । संघ गठनसंगै खेलकुद गतिविधिमा जोड दिन आग्रह गदैै उनले त्यस विषयमा ज्ञान लिन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल जिम्न्याष्टिक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष मोहन जोशी, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाड, नेपाल खेलकुद पत्रकार मंचका सचिव स्वस्तिक श्रेष्ठले खेल क्षेत्रमा योगदान दिएका पूर्व खेलाडीहरुको तथ्याक खोज्ने, नया युवा खेलाडीहरुलाई अवसर सृजना जस्ता विषयमा समेत प्राथमिकता दिनुपर्ने सुझाव दिए ।