Butwal Today

नेपाली राष्ट्रिय क्रिकेट उपकप्तान दीपेन्द्र ऐरीले प्रहरी सेवाबाट राजीनामा दिए

११ असार २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवा छाड्ने निर्णय गरेका छन्। उनले केही महिना पहिले राजीनामा बुझाएका थिए, जुन केही दिनअघि स्वीकृत भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, ऐरी प्रहरी सहायक हवल्दारको रूपमा कार्यरत थिए। राजीनामा पत्रमा उनले घरायसी कारण देखाएका छन्। यसैबीच, ऐरीले आफ्नो खेल र परिवारमा ध्यान दिन यो निर्णय गरेका हुन्।