© २०२३
काठमाडौं ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपाली नागरिकलाई स्वदेश फर्काउन प्रक्रिया सुरु गरिएको जानकारी दिएकी छिन्। सोमबार प्रतिनिधि सभामा मन्त्रालयसम्बन्धी प्रश्नहरूको जवाफ दिँदै उनले भारत सरकारमार्फत उद्धार प्रक्रिया अघि बढाइएको बताइन्।
उनका अनुसार, इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जना नेपालीलाई नेपाल फर्काउने प्रक्रिया शुरू भइसकेको छ। ती नेपाली हाल इरानको मसाद भन्ने स्थानमा रहेको र भोलिसम्म भारत आइपुग्ने बताइएको छ।
मन्त्री राणाले बाँकी ५ जना नेपाली अध्यागमन कानुन उल्लंघनका कारण इरानको थुनामा रहेको र उनीहरूको कागजी प्रक्रिया पूरा गरी उद्धार गर्न दोहास्थित नेपाली दूतावासमार्फत पहल भइरहेको जानकारी दिइन्।
यसअघि पीडितका परिवार र सरोकारवालाहरूले पटक–पटक सरकारलाई इरानमा फसेका नेपालीहरूको उद्धारका लागि पहल गर्न आग्रह गर्दै आएका थिए।