ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

टरीगाउँ विमानस्थलका लागि बजेट व्यवस्था गर्न नागरिक समाजले पहल गर्ने

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

दाङ, ८ असार ।

नागरिक समाज दाङले जिल्लाको तुलसीपुरस्थित टरीगाउँ विमानस्थल निर्माण तथा बिस्तारका लागि सरकारले यसअघि पटक पटक आश्वासन दिएर पनि बजेट नछुट्याएको भन्दै आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने भएको छ ।

आइतबार घोराहीमा बसेको समाजको नियमित बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ मा विमानस्थल बिस्तारका लागि बजेट सुनिश्चितताका लागि नागरिक समाजको एक प्रतिनिधि मण्डल प्रदेश सरकार समक्ष डेलिगेशन जाने निर्णय गरेको हो ।

यसैगरी, नागरिकसँग जोडिएको जनसरोकारका विषयमा सेवा प्रवाह गर्ने निकायहरुको अवस्था बारे अध्ययन अनुगमन गर्ने निर्णय पनि गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

बर्षा लागेसँगै खेतीपातीको अहिले सिजन शुरु भएकाले किसानलाई रासायनिक मल, उन्नत बीउबिजन, किटनाशक औषधी, कृषि औजारलगायत सामग्री सहज र सुलभ रुपमा उपलब्ध हुने वातावरण सिर्जना गर्न पनि समाजले सरोकार कार्यालयको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदमा पछिल्लो समय केही सांसदहरुबाट भईरहेको अवाञ्छित क्रियाकलाप प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको संविधान २०७२ अनुसार संसदीय मूल्यमान्यता अनुसार विधिपूर्वक संसद सञ्चालन गर्न पनि सचेत गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा गत वर्षको पुस महिनादेखि लागेको ताला खुलाउन जेठ ११ गते नागरिक समाजले गरेको वृहत अन्तरक्रियाले समस्याको निकास खोज्ने वातावरण तय गरेको भन्दै उक्त कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ ।

लामो समयको तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि रोकिएको अवस्थामा नागरिक समाजले थालेको प्रयासबाट निकास निस्किएको भन्दै समाजका संयोजक नीमबहादुर थापा, कार्यक्रम संयोजक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, आधारपत्र प्रस्तोता पूर्व संयोजक केबी मसाल, कार्यक्रम सहजकर्ता सुशील गौतम, अनिता पोख्रेल, टिपोटकर्ताहरु लक्ष्मी आचार्य, नारायण विवश तथा निष्कर्ष प्रस्तुतकर्ता हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मालगायत सबैलाई आभार प्रकट गरिएको छ । विश्वविद्यालय र आन्दोलनरत पक्षसँग भएको सहमति इमान्दारीपूर्वक अक्षरस कार्यान्वयन गर्न र आगामी दिनमा यस प्रकारका कुनै पनि परिस्थिति सिर्जना नहुने गरी काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?