ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

‘लुम्बिनीको बजेट बजेटरी सिद्धान्त विपरीत: बजेट बहिष्कार गर्ने प्रतिपक्षको तयारी

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

बुटवल, ८ असार ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटप्रति माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेटलाई लक्ष्यविहीन, तथ्यहीन र आर्थिक अनुशासन विपरीत ल्याएको टिप्पणी गरेका छन् ।

प्रमुख सचेतक थारुले भने, “सरकारको वार्षिक राजस्व र व्ययको अनुमान तथा विनियोजन विधेयक नै बजेटरी सिद्धान्त र आर्थिक अनुशासनको पूर्णतः विपरीत छ । न दोस्रो आवधिक योजना नीतिसँग मेल खान्छ, न त नीति तथा कार्यक्रम २०८२ र बजेटका प्राथमिकतासँग ।”

उनले सरकारको आन्तरिक राजस्वको अनुमानलाई ‘हावादारी’ भन्दै गम्भीर आलोचना गरे । “अहिलेसम्मको अभ्यासमा अधिकतम ५ अर्बसम्म मात्र राजस्व उठेको देखिन्छ । तर अहिले सरकारले ७ अर्ब आन्तरिक राजस्व र स्थानीय तहसँगको बाँडफाँटबाट थप ४ अर्ब गरी कुल ११ अर्बको अनुमान गरेको छ, जुन पूर्णतः अवास्तविक र काल्पनिक छ,” उनले भने । थारुले भने–“राजस्व वृद्धि अध्ययन कार्यदलले समेत २०८४÷०८५ सम्ममा १० अर्ब पुग्न सक्ने उल्लेख गरेको थियो, तर अहिले नै ११ अर्बको पूर्वानुमानले बजेट कार्यान्वयन नै अस्थिर बनाउने खतरा छ ।

बजेट क्षेत्रगत रूपमा सन्तुलित, समन्यायिक र समावेशी नभएको आरोप लगाउँदै थारुले यसले समाजिक असन्तुलन सिर्जना गर्ने चेतावनी दिए।“प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूसँग गरेको योजना समन्वय प्रतिबद्धता उल्टाउँदै मनोमानी ढंगले योजना वितरण गरिएको छ,” उनले भने।

सबैभन्दा गम्भीर बिषय समानुपातिक सांसदहरूको लेटरहेड र हस्ताक्षर दुरुपयोग गरेर योजनामा हेरफेर गरिएको दाबी गरे। “समानुपातिक सदस्यहरूको नाममा छलछाम गरिएको छ। लेटरहेडको दुरुपयोग र कृत्रिम हस्ताक्षरमार्फत बोलवाला व्यक्तिहरूले आफ्नो योजना पारित गराएका छन्। यो जालसाजीको उदाहरण हो,” थारुले भने ।

उनका अनुसार बजेटको विरोधमा विपक्षी दलहरू एकजुट भएका छन्।“प्रतिपक्षी दलहरू मिलेर यो बजेटको सशक्त भण्डाफोर गर्ने निर्णय गरेका छौं। संसदमा बजेटमाथिको छलफल समेत बहिष्कार गरिनेछ,” उनले भने ।यो बजेट आवधिक योजना अनुसार र बजेटरि सिद्धान्त अनुसार आउनु पर्ने बताए ।

विपक्षीको यस्तो आक्रोशपूर्ण धारणा सार्वजनिक भएसँगै बजेटप्रति प्रश्नमात्र नभई, प्रदेश सरकारको नीतिगत विश्वसनीयता र पारदर्शितामाथि समेत गम्भीर प्रश्न खडा भएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?